१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

 न्यूज विराट
१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६ को परीक्षणका क्रममा ती नयाँ संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये १ सय ४ जनाले नियमित औषधि सेवन गर्दै आएका छन् । संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआईभी संक्रमितलाई क्षयरोगबाट जोगाउन ७ सय २ लाई औषधि प्रदान गरिएको छ । गत वर्षमा ६ संक्रमितले सुरक्षित बच्चा जन्माएका छन् । गत वर्ष १३ संक्रमितले औषधि सेवन गर्न छाडेको एआरटी सेन्टरले जनाएको छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा २९ सहित प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

विराटनगर, २५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ...

कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

सिरहा, ४ जेठ-कोरोना संक्रमित पुष्टि भएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन...

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...

विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् ।विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर...

विराटनगर महानगरले गर्यो लकडाउनको घोषणा

विराटनगर, साउन १६–समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो...

जापान प्रवेशमा १४ देशका नागरिकलाई प्रतिबन्ध

एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्