गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

 न्यूज विराट
गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन् । सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले गत पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतको बेरीतको भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले पीडितको पक्षबाट कृष्णदासलाई थुनामै राखेर पुर्पक्ष गराउनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।

निवेदनउपर पहिलो सुनवाइ गर्दै कृष्णदासको मिसिलसहित कैफियत प्रतिवेदन पठाउन १८ पुसमा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सुनसरी जिल्ला अदालतलाई आदेश गरेको थियो । आफूलाई थुनाबाहिरै राखेर पूर्पक्ष गर्न पाउने गरिएको आदेश रीतपूर्वक नै ठहर गराउन प्रतिवादी कृष्णदासले पनि उच्च अदालतमा २५ पुसमा निवेदन दर्ता गराएका थिए ।

दुवै पक्षबाट निवेदन परेपछि उच्च अदालत विराटनगरले दुवैको निवेदनलाई एकसाथ राखेर बिहीबार सुनुवाइ गर्ने भनेको थियो । तर, सिद्धबाबातर्फका वकिलको स्वास्थ्य प्रतिकूल रहेको कारण देखाँदै बिहीबारको सुनुवाइ अर्को बिहीबारका लागि सरेको छ । उच्च अदालत विराटनगरका सूचना अधिकारी मणिराम पोखरेलले गिरीको पेशी अर्को बिहीबारका लागि सरेको बताए । पोखरेलले भने,‘उहाँहरूको कानुन व्यवसायी खुट्टा फ्याक्चर भएर अनुपस्थित हुने जानकारी आएपछि पेशी सरेको हो ।’ आफू सिद्धबाबाबाट बलात्कृत भएको भन्दै एक महिलाले गत १० मंसिरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरे पनि बिरामीको बहाना बनाउँदै लामो समय अस्पताल बसेका थिए ।

सम्बन्धित समाचार

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट नेगेटिभ

सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...

नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि, २२६० जना डिस्चार्ज

काठमाडौं, १३ भदौ । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...

प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर ८ असार–प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्