भारतमा पहिलो पटक महिलालाई फाँसी

 न्यूज विराट
भारतमा पहिलो पटक महिलालाई फाँसी

एजेन्सी, माघ १–पुणेंकी यरवदा जेलमा रेणुका सिंदे र सीमा गावित विगत २४ वर्षदेखि बन्दी छन् । यी दुवै महिला दिदीबहिनी हुन् । दुवै महिलामाथि ४२ बच्चाको हत्याको आरोप छ । रेकर्डअनुसार यी दुवैका साथमा आमा अन्जना गावित पनि दोषी पाइएकी थिइन् । एक बिरामीका कारण उनको मृत्यु भइसकेको छ । यी तीन आमा छोरीले १९९० देखि १९९६ सम्म पुणें र त्यस आसपासका शहरबाट कुल ४२ बच्चा अपहरण गरी उनीहरूको वीभत्स हत्या गरेको बताइएको छ । यो मामला सार्वजनिक भएपछि महाराष्ट्रका अखबारले लेखेका थिए कि ‘स्वतन्त्र भारतमा यस घटनाअघि यस्तो कुनै नरसंहार भएको थिएन । जब केही सीमित व्यक्तिको समूहले यति धेरै बच्चाको हत्या गरिएको छ ।’

४२ बच्चा अपहरण र उनीहरुको हत्या घटनाबारे अनुसन्धान गर्न राज्य सरकारले सीआईडी गठन गरेको थियो । यद्यपि यो टिमले पनि यी महिलाहरूमाथि अनुसन्धानका क्रममा १६ अपहरण र ६ हत्या मात्रै पुष्टि गर्न सकेको थियो । बाँकी हत्याबारे कुनै प्रमाण जुटाउन सकेन । अन्जना गावित मुख्य रूपमा नासिकमा बस्दै आएको बताइन्छ । एक ट्रक ड्राइभरसँग उनको प्रेम थियो । पछि उनले भागेर विवाह गरिन् । अन्जनाको पहिलो सन्तान रेणुका थिइन् । त्यसपछि उनका पतिले उनलाई छोडिदिए । पतिले छाडेपछि अन्जनाको अवस्था सडकमा पुगेको थियो । पछि उनले एक अवकाश सैनिक मोहन गावितसँग विवाह गरिन् ।

गावितबाट दोस्री छोरी सीमाको जन्म भयो । सीमा जन्मेको केही समयपछि नै मोहनले अन्जनालाई पनि छाडिदिए । स्थानीयका अनुसार आफू र छोरीहरूको पेट पाल्नका लागि चोरी गर्न सुरु गरेकी थिइन् । सञ्चारमाध्यमका अनुसार १९९० मा रेणुका पुणेंको एक मन्दिरमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ परिन् । रेणुकाको साथमा त्यसबेला नवजात शिशु पनि थियो । बच्चाको आडमा रेणुका भीडबाट सहानुभूति प्राप्त गर्दै त्यहाँबाट बच्न सफल भइन् । त्यसपछि नै उनको दिमागमा बच्चा चोरी गर्ने सोच पलाएको थियो । त्यसबेला रेणुकाको साथमा रहेको बच्चा उनको आफ्नै थियो कि अरु कसैको हो भन्ने हालसम्म पत्ता लागेको छैन ।

मन्दिर चोरी घटनापछि नै तीनै आमा छोरीले बच्चा चोरी गर्ने निर्णय गरे । बच्चाको साथमा चोरी गर्दैगर्दा पक्राउ परेको बेला बच्चा पाल्न चोरी गर्न बाध्य भएको भन्दै बच्न सफल हुन्थिन् । यति मात्र होइन, उनीहरू बच्चालाई सडक तथा गल्लीमा पठाएर भीख माग्न लगाउँथिन् । जब बच्चा ठूला हुँदै गए तब आफूले भनेको नमान्ने बच्चालाई कुटपिट गर्दै हत्या गर्थिन् । रेणुकाकी बहिनी सीमाले एक पटक सात महिनाको बच्चा जमिनमा पछारेरै हत्या गरेकी थिइन् । भोकाएको बच्चाले रुन नछोडेपछि रुन बन्द गराउन भुइँमा पछारेर हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पहिलो पटक भित्तामा मिल्काइन् अनि भुइँमा पटक–पटक पछार्दै ज्यान लिइन् । त्यसपछि टुक्रा–टुक्रा भएको शरीर बोरामा हालेर सिनेमा हलमा फिल्म हेर्न गएकी थिइन् ।

प्रहरीले १९९६ मा पक्राउ गरेपछि प्रहरी समक्ष उनले दिएको बयानबाट स्वयम् प्रहरी नै हैरानमा परेका थिए । अदालतमा यी दुवै बहिनीले वकिलसमक्ष आफ्नी आमालाई मुख्य योजनाकार भएको बताएका थिए । २९ जून २००१ मा सेशन कोर्टले रेणुका सिंदे र सीमा गावितलाई १४ बच्चा अपहरण गरी ६ को हत्या अभियोगमा फाँसीको सजाय सुनायो । त्यसपछि दुवै महिलाले हाई कोर्टमा बचावका लागि अपिल गरे । ३१ अगस्ट २००६ मा हाइकोर्टले दुवै सिरियल किलर बहिनीलाई फाँसीको सजाय सदर गरेको थियो ।

पछि सुप्रिम कोर्टले पनि दुवै महिलालाई फाँसीको सजाय सदर गरेको थियो । फाँसीबाट बचाउन राष्ट्रपतिसमक्ष पनि अपिल गरेका थिए । तर पूर्व राष्ट्रपतिले उनीहरुको अपराध क्षमायोग्य नभएको भन्दै अस्वीकार गरिदिएका थिए । हाल उनीहरू फाँसीको मिति कुरेर जेलमै बसेका छन् ।

सम्बन्धित समाचार

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता बसे धर्नामा

भीमदत्तनगर, २७ वैशाख-भीमदत्तनगर, २७ वैशाख (रासस)ः क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४...

कान्छी श्रीमती ल्याएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

विराटनगर, २७ कात्तिक–मोरङको उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले...

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

मोरङको लेटाङमा भेटियो ‘लाहा’ : व्यवसायिक खेती गर्ने तयारीमा वन

विराटनगर । मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ स्थित लालहिरा सामुदायिक वनमा भित्रको जंगलमा ‘लाहा’ भेटिएको हो । राम्रो आम्दानी लिन...

विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्