रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा

 
रेडहर्स क्लबलाई हराउदै एलाभेन एरोज सुनसरी फाइनलमा

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गदै फाइनलमा प्रवेश गरेको छ ।

खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी जर्सी नम्बर ३ का यानीक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ८९ औँ मिनेटमा एलाभेन एरोज सुनसरीका खेलाडी जर्सी नम्बर १९ का श्याम चौधरीले थप एक गोल गर्दै जितको सम्भावना दोब्बर बनाए ।

रेडहर्स क्लब इलामले बारम्बर गोल गर्ने प्रयास गरे पनि सफल भएन । प्रतियोगिताअन्तर्गत बिहीबार डाँगीहाट क्लब मोरङ र रेडस्टार क्लब झापाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेलको विजेजाले एलाभेन एरोज सुनसरीसँग आउँदो शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५ किलोग्राम चाँदी र ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : पोखरीया, डिपिएस, प्रजातन्त्र स्काइ र मनासुल स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार...

प्रदेश १ मा आज ५६२ जनाको पीसीआर परिक्षण गर्दा ४३ संक्रमित थपिए

विराटनगर, ३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य...

एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण , थप दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरेको छ । यसअघि प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...

कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्