रामकुमारी राई कानेपोखरी, ३२ जेठ । कानेपोखरी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका विद्यालयका शिक्षक÷कर्मचारीका लागि विद्यालयको प्रोफाइल तयार एवं तथ्यांक राख्न प्राविधिक तालिम सञ्चालन गरेको छ । शुक्रबार कानेपोखरी–५ भौंसाबारीस्थित श्री माविको हातामा गाउँपालिकाभरीका तीन दर्जन शिक्षक÷कर्मचारीलाई एक दिवसीय प्राविधिक तालिम सम्पन्न भएको हो ।
तालिममा शिक्षक÷कर्मचारीहरुलाई विद्यालयको भौतिक पूर्वाधार, शिक्षक, विद्यार्थीको तथ्यांक राख्ने, सूचना अपडेट गर्ने ज्ञान सिकाइएको थियो । प्रदेश सरकारले आगामी पाँच वर्षभित्र सम्पूर्ण कार्यालय र विद्यालयलाई ‘पेपर लेस’ बनाउने घोषणा गरे संगै पालिकाले शिक्षकहरुलाई यस्तो तलिम दिएको हो ।
तालिममा कार्यालयका विभिन्न सूचना, तथ्यांक, कारोबार विवरण आदिलाई सफ्टवेरको माध्यमबाट चुस्त दुरुस्त राख्न सिकाइएको थियो । त्यसैगरी, विद्यार्थी प्रगतिविवरण, भौतिक पूर्वाधारलगायत इन्टरनेटको सहायताले तथ्यांक राख्ने र अपडेट गर्ने सिप सिकाइएको हो ।
कार्यक्रमको सभापतित्व श्रीमाविका प्र.अ. गंगाराम फुयल, सञ्चालन पालिकाका श्रोतव्यक्ति प्रेम कार्की गरेका थिए ।
गोष्ठीको सहजीकरण कानेपोखरी गाउँपालिकाका आइइएमआइएस फोकल पर्सन पूर्ण राईले गरेका थिए ।
काठमाडौ, २ असार । नेपाल धितोपत्र बोर्डविरुद्ध अख्यितारमा उजुरी परेको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न सूचीकृत कमपनीहरुलाई जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरेकै भोलिपल्ट सो काम ठुला खेलाडीबाट बोर्डका अध्यक्षले ३५ करोड रुपैयाँ असुल गरी...
जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...
काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट...
एजेन्सी, जेठ १२-अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजील गएकालाई अमेरिका जान प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजील हाल कोरोना भाइरसको संक्रमणमा अमेरिका पछि दोस्रो हटस्पट बनेको छ । ब्राजीलमा कोेरोना संक्रमितको संख्या ३ लाख...
विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...
विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...
देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित...
काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...