कालाबञ्जारतर्फ गइरहेको कारबाट प्रहरीले बरामद गर्यो खाली बन्दुक, चालकसहित ५ जना भागे
सोमबार, ०९ असार, २०८२,
न्यूज विराट
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५, अमहा सिमसार क्षेत्रमा शंकास्पद रूपमा रोकिएको कारबाट प्रहरीले राइफल खाली बन्दुक बरामद गरेको छ। सो कारमा सवार चालकसहित ५ जना व्यक्ति भने प्रहरी देख्ने बित्तिकै जंगलतर्फ भागेका छन्।
शनिबार राति करिब १२ : ५० बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त घटना भएको हो।
धरानबाट कालाबञ्जारतर्फ गइरहेको बा. ६ च. ८४०३ नम्बरको कालो रंगको कार रोकेर चेकजाँच गर्न खोज्दा त्यसमा सवार व्यक्तिहरू जंगलतर्फ भागेका थिए। प्रहरी टोलीले उक्त कार नियमानुसार जाँच गर्दा कारको बिचको सिटमा एउटा राइफल खाली बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
बरामद गरिएको राइफलमा कुनै गोली नभएको पुष्टि गरिएको छ। हाल उक्त कार र बन्दुकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। फरार रहेका चालकसहित अन्य व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस घटनालाई गम्भीर रूपमा लिइएको छ र बरामद गरिएको हतियारको स्रोत तथा प्रयोगको उद्देश्यबारे अनुसन्धान अघि बढाइएको छ।
विराटनगर । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबार (आज) देखि शाखा बिस्तारै गरेको छ । युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’...
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी...
एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...
विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र...
विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री...
काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्...
विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...
काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...