विराटनगर । सशस्त्र प्रहरी बल मोरङको विराटनगर रानी प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी तानिएका छन् । रानी नाकाका डीएसपी ऋषिकेश राउतलाई सशस्त्रको नं. १ बराह बाहिनीमा तानिएको हो ।
बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले अहिले राउतको ठाउँमा अर्को डीएसपी अमर खत्रीलाई पठाइएको छ ।
सीमा नाकाबाट तस्करी हुने गरेको गुनासो आएपछि यस विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो राख्दै कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कुरा उठाएका थिए । ३० दिनभित्र तस्करी रोक्न पनि निर्देशन दिएका थिए ।
अहिले सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको छ । डीएसपी राउतको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि उनको जिम्मेवारी फेरिएको सशस्त्र प्रहरीले बताएको छ । रानी नाका तत्कालिन डिएसपी राउतले अवैध रुपमा हुने गरिएको चोरी तस्करी रोकथाम र नियन्त्रण गर्न नसकेपछि उनीलाई विभागले तानेको बुझिएको छ । यसअघि सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले पनि कमाण्ड सम्हालेर जान लागेका बाहिनीपतिदेखि अन्य दर्जाका सशस्त्र अधिकारीलाई समेत तस्करी रोक्न भन्दै निर्देशन दिएका थिए ।