ग्रामथान अध्यक्ष नमोनारायण माझीको स्पष्टिकरण : एमालेको आरोप कपोकल्पित र भ्रामक

 न्यूज विराट
ग्रामथान अध्यक्ष नमोनारायण माझीको स्पष्टिकरण : एमालेको आरोप कपोकल्पित र भ्रामक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्ष यादव खतिवडामाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङद्वारा शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष माझीले उक्त आरोप ‘भ्रामक, कपोकल्पित र आपत्तिजनक’ भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफूले कसैलाई ज्यान मार्ने धम्की नदिएको र कुनै गालीगलौज नगरेको दाबी गरेका हुन् । ‘जेठ ३ गते एमाले ग्रामथान गाउँसमितिको भ्रामक र कपोकल्पित प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै वास्तविकता बाहिर ल्याइएको हो,’ माझीले लेखेका छन् ।

भएको के थियो ?
ग्रामथान गाउँपालिका वडा नं. २ स्थित झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा वैशाख ३० र ३१ गते ‘आधारभूत अस्पताल सेवा मापदण्ड Mss)’ विषयक दुईदिने तालिम आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन अध्यक्ष माझीले गरेका थिए भने समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुनः उपस्थित भएका थिए । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष यादव खतिवडाले गरेका थिए ।
समापन सत्रको समयमा केही सेवाग्राही तथा स्थानीय व्यक्तिहरूले तालिम हलमा प्रवेश गरी गाउँपालिकाको आर्थिक प्रशासन शाखामा ताला लगाउने प्रयास गर्दा विवाद उत्पन्न भएको थियो । वडाध्यक्षसँग ताल्चाको चाबी माग्दै विवाद चर्किएको थियो । प्राथामिक स्वास्थ्य केन्द्र झाराहाटले जारी गरेको सूचना अनुसार, अध्यक्ष माझीले समयमै हस्तक्षेप गर्दै विवाद नियन्त्रणमा लिएका थिए र उपस्थित व्यक्तिहरूलाई शान्तिपूर्वक हलबाट बाहिर जान अनुरोध गरेका थिए । परिस्थितिको गम्भीरता हेरेर उनले तत्काल कार्यक्रम स्थगित गर्न मौखिक निर्देशन पनि दिएका थिए ।
झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमका क्रममा उत्पन्न विवादमा गाउँपालिका अध्यक्ष माझीले संयमित ढंगले काम गरेको र कार्यक्रम स्थगित गरेर स्थान छाडेको जानकारी दिएको छ ।
अध्यक्ष माझी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो विवादलाई कतिपयले राजनीतिक प्रतिस्पर्धासँग जोडेर हेरिरहेका छन् ।

सम्बन्धित समाचार

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

भारतमा बसेर नेपालमा अपराध गर्ने गिरोहका मुख्य नाइके पक्राउ

वीरगञ्ज, ३१ भदौ । भारतमा बसेर वीरगन्ज लगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गरी आतंक मच्चाउँदै आएका समूहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज २४ रामगढवाका फुलहसन अन्सारी फुलहसन अन्सारी उर्फ विवेक...

मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

विराटनगर, ३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा एक सय ४४, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक र प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्