अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

 न्यूज विराट
अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. निता यादवले आफ्ना ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार उपभोग गर्न नपाएको बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर गुनासो गरेकी हुन् ।
डा. निता यादवको विवाह २०६८ सालमा डा. सुशिल यादवसँग भएको थियो । विवाहको केही समयमै श्रीमान् सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको तथ्य थाहा पाएपछि उनको दाम्पत्य जीवनमा समस्या सुरु भएको थियो । ‘श्रीमानको दीर्घकालीन मानसिक समस्या लुकाएर विवाह गरिएको रहेछ, विवाहपछि मात्र मलाई र माइती पक्षलाई यो थाहा भयो,’ डा. यादवले बताइन् ।
उनका अनुसार, श्रीमानका बुबा डा. सितल यादव विराटनगरका चर्चित चिकित्कस हुन् । डा. सितलले २०५८ सालमै आफ्नो छोरालाई करिब ४ बिगहा जग्गा कानुनी रूपमा बाँडफाँट गरिदिएका थिए । उक्त जग्गा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. १ र ३ मा विभिन्न कित्तामा अवस्थित छ ।
श्रीमान डा. सुशिलको २०८१ साल जेठ ३१ गते मृत्युपछि डा. नीतुले आफ्नो हकको माग गर्दै २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले २०८० फागुन १७ गते डा. निता यादवको पक्षमा फैसला गर्दै श्रीमानको नाममा रहेको सम्पत्तिमा आधा भागको हक दिने आदेश गरेको थियो । त्यसपछि उच्च अदालत विराटनगरले २०८१ साल चैत १६ गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।
अदालतबाट अनुकूल फैसला आए पनि व्यवहारमा डा. यादवले आफ्नो हकको जग्गा भोगचलन गर्न पाएकी छैनन् । ‘फैसला लागू भए पनि बुढीगंगा गाउँपालिकाका कर्मचारीले ससुरा र देवरको दबाबमा परेर मलाई जग्गामा कुनै काम गर्न दिइरहेका छैनन् । न पानीको धारा जडान गर्न दिइएको छ, न बिजुली । खेतीपाती गर्न त परै जाओस्, मजदुरका लागि टहरा बनाउनेसम्म अनुमति छैन,’ पत्रकार सम्मेलनमा डा. नीताले गुनासो पोख्दै भनिन्, ‘जग्गा भोगचलनको लागि जिल्ला प्रशासन कार्यालय धाए । कार्यालयबाट पनि शान्ति सुरक्षा व्यवस्था कायम गरिदिएको छ । तर, ससुरा र देवरले जग्गासम्म जान दिएको छैन । अदालतको आदेश कार्यन्वयन हुन दिएको छैन । म माथि अन्याय भएको छ । न्यायाको लागि आज पत्रकार सम्मेलन गर्न बाध्य भएको छु । ’
डा. यादवले हालसम्म उक्त जग्गामा एक इन्च पनि भोगचलन गर्न नपाएको बताउँदै यसले आफूलाई मानसिक तनावमा पारेको बताएकी छिन् । एक शिक्षित चिकित्सक हुँदाहुँदै पनि उनी न्यायिक प्रक्रियापछि पनि न्याय पाउनबाट वञ्चित भएकी छिन् ।
‘न्यायालयले दिएको हकसमेत प्रयोग गर्न नपाउनु महिला विरुद्धको गहिरो अन्याय हो,’ उनले भनिन् ।
न्यायका लागि चिकित्कस निताको आग्रह
डा. यादवले स्थानीय प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चारमाध्यमहरूसँग आफूले न्याय पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छिन् । उनका अनुसार, ससुरा डा. सितल यादव र देवर सुनिल यादव मिलेर उनको कानुनी अधिकारलाई निष्प्रभावी पार्न लगातार षड्यन्त्र गरिरहेका छन् ।
यो मामिला न्यायपालिकाले दिएको निर्णय कार्यान्वयनमा देखिएको चुनौती भएको उनले बताइन् । ‘यसरी शिक्षित महिलाहरूले समेत कानुनी अधिकार प्राप्त गरिसकेपछि पनि त्यसको उपभोग गर्न नसक्दा महिला अधिकारको क्षेत्रमा थप चुनौतीहरू रहेको देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता मामिलामा तत्काल हस्तक्षेप गरी न्यायिक निर्णयको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा सबैलाई साथ सहयोगको लागि आग्रह गर्दछु ।’
यता डा. सितल प्रसाद यादवले सर्वोच्च अदालतमा हामीले पनि मुद्दा दिएको कारणले अंशमा दिनमा ढिलाइ भएको बताए । ‘हामीले अदालतको आदेश मान्दौनौ भनेको छैन । हामीले पनि जिल्ला र उच्चले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्च गरेको छौं । सर्वोच्चले जे फैसला गर्छ त्यो मानेर अगाडी बढनेछौं,’ उनले भने ।

सम्बन्धित समाचार

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । प्याब्सन मोरङको सभाहलमा मंगबलार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई सपथ...

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्