सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

 न्यूज विराट
सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्।

कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रियाको क्रममा खोटाङ पुग्नु भएका बस्नेतले जिल्लामा उपलब्ध खेलक्षेत्र, निजी क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरेका छन्।

खोटाङ जिल्ला भ्रमणको क्रममा सदस्य सचिव बस्नेतले जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्डहल लगायतको संरचनाको अनुगमन तथा निरीक्षण गर्नु खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए ।

त्यस्तै, अन्तरक्रियाको क्रममा जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले जिल्लामा रहेको कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथिमिकतामा राख्न बोर्डसँग आग्रह गरे।

सदस्य सचिव बस्नेतले अन्तरक्रियाको क्रममा प्रदेश भरिबाटै खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेट माग आएकोले खेलकुद क्षेत्रलाई हालको सीमित बजेट भन्दा थप बजेट मागको लागि मुख्यमन्त्री , आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल गरिरहेको बताए । उनले खेलकुद क्षेत्रको विकास राज्यको लगानीले मात्रै पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ(सहयोगको अपेक्षा बोर्डले गरेको धारणा समेत व्यक्त गरे।

सम्बन्धित समाचार

विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको...

थारु कल्याणकारिणीमा विवाद, ‘विश्वास नेतृत्वको समूहले गरेको काम मान्य हुदैन’ : अध्यक्ष थारु

विराटनगर । थारु कल्याणकारिणी सभाको केन्द्रीय कमिटिको नीति निर्देशन बेगार एकपक्षीय तरिकाले गरेको निर्वाचनमाबाट निर्वाचित भएको कार्यसमितिले मान्यता नपाउने बताएका छन् । केन्द्रीय कार्यालयको पत्रको अवज्ञा गर्दै निलम्बित निर्वाचन अधिकृतले गरेको निर्वाचनबाट निर्वाचित भएका प्रदिप...

जनता समाजवादी पार्टीले संविधान संशोधनकाे पक्षमा मतदान गर्ने

काठमाडौं, ३० जेठ-जनता समाजवादी पार्टीले संविधान संशोधन गर्न संसदमा प्रस्तुत भएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारीको बैठकले नेपालकाे संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङद्वारा विभिन्न उपसमिति गठन

विराटनगर, २२ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विभिन्न उपसमिाति गठन गरेको छ । बिहिबार विराटनगरमा सम्पन्न महासंघ र महिला उद्यम समितिको संयुक्त विस्तारित बैठकले महासंघका गतिविधिहरु व्यवस्थित ढंगले अघि बढाउन विभिन्न...

आज स्वस्थानी ब्रत समापन

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका...

पाकिस्तानकाे कराचीमा १०७ यात्रु बाेकेकाे विमान दुर्घटना

एजेन्सी, जेठ ९-पाकिस्तानकाे व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएकाे छ । कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे । याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे...

शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

भोजपुर । नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा...

राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्