बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

 न्यूज विराट
बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारबारे गृह मन्त्रीको ध्यानाकर्षण

विराटनगर । नेपालमा दिनप्रतिदिन बढ्दो तस्करी, चोरी पैठारी र अवैध कारोबारको विषयलाई लिएर मोरङ उद्योग व्यापार संघले संघीय सरकारका गृह मन्त्री रमेश लेखकलाई विशेष छलफलमा सहभागी गराउँदै गम्भीर ध्यानाकर्षण गराएको छ।

मोरङ उद्योग व्यापार संघको कार्यालयमा आयोजित छलफल कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष तथा संघका पूर्व अध्यक्ष पवनकुमार सारडालगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष राठीले हाल नेपालमा बढ्दो गैरकानुनी गतिविधिहरू—जसमा तस्करी, चोरी पैठारी र अवैध कारोबार मुख्य समस्या बनेका छन्—प्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले यस्तो गतिविधिबाट नेपालको आर्थिक, सामाजिक तथा सुरक्षात्मक संरचनामा प्रत्यक्ष असर परिरहेको बताए।
ूयसरी हुने अवैध कारोबारले सरकारको राजस्व संकलनमा ठूलो घाटा पुग्नुका साथै स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता गुम्दै गएको छ,’ अध्यक्ष राठीले भने, ‘यसले उत्पादनशीलता, रोजगारी र दीर्घकालीन आर्थिक स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ।’
खुला सीमाको कारण सीमावर्ती क्षेत्रहरूमा हुने तस्करी र चोरी पैठारी नियन्त्रण गर्न नसकिएको अध्यक्ष राठीको भनाइ थियो। उनले प्रविधिमैत्री निगरानी प्रणालीको प्रयोग, सुरक्षाकर्मीको सक्रियता वृद्धि तथा स्पष्ट र प्रभावकारी नीतिगत सुधारको आवश्यकता औँल्याए।
त्यसका साथै, उनले सीमावर्ती बजारमा भारतीय वस्तुहरू नेपाली बजारको तुलनामा सस्तो हुने कारण नेपाली उपभोक्ता दैनिक रूपमा सीमापारि किनमेल गर्न बाध्य भएका र यसबाट करोडौं रुपैयाँको अवैध कारोबार तथा विदेशी मुद्रा बाहिरिने खतरा बढेको उल्लेख गरे।

अध्यक्ष राठीले अवैध कारोबारको कारण राज्य संयन्त्रमा भ्रष्टाचार मौलाउने, कानुनी शासन कमजोर बन्ने, लागू पदार्थ, हतियार र मानव तस्करीसमेत बढ्ने खतरा रहेको बताएका थिए। उनले भने, ‘यस्ता कार्यले समाजमा आपराधिक प्रवृत्तिको वृद्धि, युवा पुस्तामा नैतिक पतन र सामाजिक अस्थिरता निम्त्याउँछ।’
उनले सरकारलाई विशेषगरी जीएसटी कम भएका दैनिक उपभोग्य वस्तुहरूको आयात शुल्क पुनरावलोकन गर्न र बजार सन्तुलन कायम गर्न सुझाएका थिए।

कार्यक्रममा बोल्दै गृह मन्त्री रमेश लेखकले संघको चिन्तालाई गम्भीरतापूर्वक लिएको बताउँदै तस्करी र अवैध कारोबार नियन्त्रण सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट पारे। ‘म यो विषय प्रधानमन्त्री, अर्थमन्त्री लगायत सम्बन्धित निकायसँग छलफल गर्छु,’मन्त्री लेखकले भने, ‘मन्त्रिपरिषद्मा समेत कुरा उठाउनेछु र नीति, स्रोत तथा सहकार्यमा कुनै कमी गरिने छैन।’ गृह मन्त्रीले आगामी एक महिनाभित्र तस्करी नियन्त्रणको प्रत्यक्ष प्रभाव देखिने गरी पहल गरिने विश्वाससमेत दिलाए।

सम्बन्धित समाचार

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल...

विराटनगरमा मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउँदा प्रहरी र एमाले कार्यकर्तबिच झडप, अनेरास्ववियु उमहासचिव भाष्कर खनासहितका कार्यकर्ता घाइते

विराटनगर, २० माघ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने क्रममा नेकपा (एमाले) कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । झपमा अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित आधादर्जन कार्यकर्ता घाइते भएका छन् ।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरूले ढुवानी सेवा बन्द गरेका...

विरोध गर्दा खराब काम गरिएछ कि जस्तो पनि लाग्न छोड्यो : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनाती भएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्