विराटनगर । नेपाल नर्सिङ संघ मोरङले सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। विराटनगरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।
कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरीले सिडिओ अफिस चोक, गोल्छा चोक, मेन रोड, जलजला चोक र अस्पताल चोक हुँदै पुनः कोशी अस्पतालमा अन्त्य गरेको थियो। नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनाले प्रभातफेरी पश्चात् थप कार्यक्रमहरू सञ्चालन गरिने बताइन्।
अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखका दिन मनाइन्छ। यो दिवस सन् १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिनका रूपमा विश्वभर मनाउन थालिएको हो।
योन्जनाका अनुसार, प्रभातफेरी पश्चात् निम्न कार्यक्रमहरू सम्पन्न हुने छन् । रक्तदान कार्यक्रम, बिरामीका लागि कमोड कुर्सी वितरण, बिरामीहरूलाई खाना वितरण पनि गरिएको अध्यक्ष योन्जनले बताइन् ।
कार्यक्रमले नर्सहरूको महत्वपूर्ण भूमिकालाई सम्मान र प्रकाश गर्दै स्वास्थ्य सेवाप्रतिको समर्पणलाई प्रदर्शित गरेको छ।