खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड

 न्यूज विराट
खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सवः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड

विराटनगर । खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन्।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताए। उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको औंल्याए।
कार्यक्रममा उद्योगी नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गरे। ‘निजी क्षेत्र, मिडिया, रोजगारी, औद्योगिक लगायतका क्षेत्रको अवस्था जर्जर हुनुको कारण पहिचान गरेर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने।
रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ। १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ।’प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताए। उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाए । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उनले भने ।
विराटनगरबाट प्रकाशित हुने खबर पूर्वाञ्चल डटकमले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको कार्यक्रममा बताइएको थियो।
समारोहमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए। सबै वक्ताहरूले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताए। साथै, पत्रकारिताको क्षेत्रमा ठूलो योगदान पुर्‍याएकोमा खबर पूर्वाञ्चल अनलाइनलाई बधाई तथा शुभकामना दिए।
कार्यक्रमका अध्यक्ष पुष्पराज थपलियाले खबर पूर्वाञ्चल अनलाइनले आगामी दिनमा पनि स्थानीय र राष्ट्रिय सरोकारका विषयहरूलाई प्राथमिकतामा राखेर निष्पक्ष र सत्य सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

ठाकुर-महतो पक्षका सांसदको बैठक सुरू, भट्टराई-यादव समूह अनुपस्थित

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरू भएको छ । उक्त बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने सहभागी...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज

विराटनगर, २६ वैशाख-विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका...

खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी...

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

एमपीआईएद्वारा ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण

काठमाडौं, ११ वैशाख-मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा...

निर्वाचनको सुनिश्चीतता लागि निरन्तर खबरदारी : डा शेखर कोइराला

विराटनगर, १३ पुस-नेपाली कांग्रेसका नेता डा. शेखर काइरालाले संसद विघटनको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चीतताका लागि निरन्तर खबरदारी गरिने बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सोमबार विराटनगरमा आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्