भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

 न्यूज विराट
भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक र स्थानिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन वडा नम्बर १४ का वडा अध्यक्ष सूर्यनारायण महतले गरे। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतले वर्तमान शिक्षा प्रणालीमा गुणस्तरको महत्वलाई जोड दिँदै अबको आवश्यकता रोजगारमुखी शिक्षा रहेको स्पष्ट पारे। उनले भने, “अबको शिक्षा केवल किताबी ज्ञानमा सिमित हुनु हुँदैन। विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीपमा आधारित शिक्षा दिन जरुरी छ जसले भविष्यमा उनीहरूलाई आत्मनिर्भर बनाउन सकोस्।”

वडाध्यक्ष महतले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध मजबुत बनाउन मद्दत पुर्‍याउने भन्दै विद्यालयको प्रगतिको शुभकामना समेत व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल धनकुमार राईले विद्यालय स्थापना कालदेखि नै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी दिए। उनले भने, “शिक्षा भनेको केवल ज्ञान दिने माध्यम मात्र होइन, यो चरित्र निर्माणको आधार पनि हो। हामीले आफ्ना विद्यार्थीहरूलाई अनुशासित, आत्मनिर्भर र सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको वातावरणमा शिक्षण सिकाइ गर्दै आएका छौं।”

प्रिन्सिपल राईले विद्यालयमा हाल पिज्जेदेखि कक्षा १० सम्म करिब ६०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिंदै विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारमा समेत विशेष ध्यान दिइएको उल्लेख गरे।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत र नृत्यमार्फत मनोरञ्जन प्रदान गरेका थिए। अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रतिभा देखेर प्रशंसा व्यक्त गरे। विद्यालयका सञ्चालक तथा शिक्षकहरूले विद्यालयको आगामी योजना तथा लक्ष्यबारे समेत जानकारी गराएका थिए।

कार्यक्रमले अभिभावकहरूलाई विद्यालयको गतिविधि र विद्यार्थीहरूको विकासबारे प्रत्यक्ष जानकारी लिन मद्दत पुगेको अभिभावकहरूले बताएका छन्। यस्ता उत्सवले विद्यालय र अभिभावकबीच विश्वासको सम्बन्ध बढाउने र विद्यार्थीलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

मधेसमा आज पनि सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

सुनसरीको हरिनगरामा कटुवा पेस्तोल सहित १ जना पक्राउ

विराटनगर, २४ जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज...

कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता...

मदिरामा ७० प्रतिशत ‘कोरोना शुल्क

एजेन्सी, बैशाख २३-भारतको राजधानी नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कोरोना कर लगाइएपछि मदिराको मूल्य बढेको छ ।यद्यपि यसको असर दिल्लीबासीमा देखिएको छैन । सोमबार पनि बिहानैदेखि मदिरा पसलमा बिहानैदेखि लाइनमा बसेका छन् । बिहान ६...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्