‘लाईभ इन विराटनगर’मा दुर्गेस थापा शुक्रबार आउँदै, दर्शकमा चर्को उत्साह छ : सेन्ट्रो

 न्यूज विराट
‘लाईभ इन विराटनगर’मा दुर्गेस थापा शुक्रबार आउँदै, दर्शकमा चर्को उत्साह छ : सेन्ट्रो

विराटनगर । विराटनगरको हाटखोला खेल मैदानमा शुक्रबार साँझ आयोजना हुने गायक दुर्गेस थापाको लाइभ प्रस्तुतिको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पछिल्लो समय नेपाली म्युजिक स्टेजका चर्चित नाम बनेका थापा पहिलोपटक विराटनगरमा प्रस्तुति दिन लागेका हुन्।

कार्यक्रमका संयोजक तथा लाईभ इन्टरटेनमेन्टका निर्देशक सेन्ट्रो महतका अनुसार, कार्यक्रम स्थलमा स्टेज निर्माणदेखि सुरक्षासम्मका सम्पूर्ण व्यवस्थापन सम्पन्न भइसकेका छन्। महतले भने, “हामीले प्राविधिक पक्ष, सुरक्षाको व्यवस्था, साउन्ड सिस्टम र दर्शकको बस्ने ठाउँलगायत सबै कामहरू अन्तिम चरणमा पुर्‍याएका छौं। अब दर्शकलाई भरपूर मनोरञ्जन दिने काम दुर्गेस थापाले गर्नेछन्।”

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको संयुक्त आयोजना रहेको सो कार्यक्रममा साँझ ५ बजेपछि फेशन शो सहित दुर्गेस थापाको दमदार प्रस्तुति हुनेछ। कार्यक्रममा दुर्गेस थापासँगै स्थानीय कलाकारहरू पनि सहभागी हुनेछन्।

महतका अनुसार, “हामीले यहाँका युवालाई मञ्च दिने लक्ष्यका साथ स्थानीय प्रतिभाहरुको पनि प्रस्तुति राखेका छौं। दुर्गेस थापा भनेका आफैंमा एउटा इनेर्जी हुन्। उनको स्टाइल र दर्शकसँगको अन्तरक्रियाले कार्यक्रमलाई झनै रोमाञ्चक बनाउनेछ।”

दुर्गेस थापाको प्रस्तुति यति कारणले पनि प्रतीक्षित मानिएको छ किनभने उनी स्टेजको परिधिभन्दा बाहिर गएर पनि दर्शकमाझ रमाउने गर्छन्। कतिपय कार्यक्रममा उनले आफ्ना पहिरन फेरेर वा दर्शकलाई मञ्चमा बोलाएर समेत प्रस्तुति दिएका उदाहरण छन्। निर्देशक महत भन्छन्, “उनी जहिले पनि फरक केही गर्छन्। आयोजकलाई कहिलेकाहीँ अप्ठ्यारो पनि पर्न सक्छ, तर दर्शकको लागि त्यो विशेष अनुभव हुन्छ।”

कार्यक्रममा सहभागी हुन टिकट खरिदको लागि अहिले विराटनगरका विभिन्न पसल तथा क्याफेहरूमा टिकट उपलब्ध छन् भने ‘खल्ती एप’मार्फत पनि सजिलै टिकट बुकिङ गर्न सकिन्छ। महतले टिकट बिक्रीको प्रतिक्रियाबारे थप्दै भने, “दर्शकको उत्साह निकै उत्साहजनक छ। टिकट विक्री तीव्र गतिमा भइरहेको छ, हामीलाई विश्वास छ कि दर्शकले कार्यक्रमलाई ऐतिहासिक बनाउनेछन्।”

विगतमा विराटनगरमा थुप्रै सफल साँगीतिक कार्यक्रम गरिसकेको यस टिमको यो अर्को ठुलो प्रयास हो। दुर्गेस थापाको आगमनसँगै विराटनगरको यो साँझ सांगीतिक धमाकाको रात बन्ने आयोजकको विश्वास छ।

महतले अन्त्यमा भने, “संगीत माया गर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइ दुर्गेस थापाको जादु हेर्न र रमाउन आग्रह गर्छौं।”

सम्बन्धित समाचार

विराटनगरका ब्यूटिसियनलाई ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ

विगराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर ट्रेनिङ दिएको हो...

सरकारको प्रशंसामा केन्द्रित नीति तथा कार्यक्रमले जनताको दुःख बुझेन : शशांक कोइराला

काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...

शान्ति युवा क्लबद्वारा विराटनगर–११ का महिलाहरुसँग अन्तरकृया

विराटनगर, २४ फागुन । शान्ती युवा क्लबले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विराटनगर ११ का महिला हरुसँग अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा वडाध्यक्ष ७ तिर्थेन्द्र न्यौपाने, वार्ड नम्बर ११ कि वाडा सदस्य इन्दिरा...

विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

दृष्य १ विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ...

भ्रामक सन्देश फैल्याउनेलाई कस्तो सजाय ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका विषयमा भ्रामक सन्देशमार्फत अफवाह फैल्याएको प्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले भ्रामक सूचना फैल्याने कार्यमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको...

नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्