ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

 न्यूज विराट
ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

विराटनगर । जनगुनासो आएपछि बनिगामा स्वास्थ्यचौकीको अनुगमनमा गएका मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुई स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेका छन्।
अध्यक्ष माझीले अनुगमनका क्रममा अहेव नगेन्द्र चौधरी बिना जानकारी अनुपस्थित रहेको फेला पारे। साथै, सोही दिन त्यहाँ कार्यरत नर्सिङ स्टाफ रन्जुकुमारी चौधरी पनि अनुपस्थित थिइन्।
यसैगरी, पालिकाद्वारा आयोजना गरिएको स्वास्थ्य शिविरमा समेत अहेव चौधरी अनुपस्थित रहेको पाइएको छ। उनी बर्थिङ सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी भएपनि बर्थिङमा नबसी फिल्ड अर्थात् भ्याक्सिनेसनमा जाने गरेको पाइएको छ।
यसै विषयलाई लिएर ग्रामथान गाउँपालिका अध्यक्ष माझीले अनमी रन्जु चौधरी र अहेव नगेन्द्र चौधरीसँग बैशाख १९ गते मौखिक स्पष्टीकरण सोधेका हुन्।
अध्यक्ष माझीले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न र जवाफदेहिता कायम गर्न यस्ता अनुगमन तथा छलफल निरन्तर गरिने जानकारी दिए।

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० पुस-प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । पूर्वमाओवादी...

विराटनगरमा १ करोडको लगानीमा ओपन हाउस संचालन

विराटनगर । विराटनगर ३ पिपल चौकस्थित हाउस लाउन्ज एण्ड बार संचालनमा आएको छ । महिला उद्यमी श्रुती शर्माले करिब १ करोड रुपैयाँ लागतमा हाउस लाउन्ज एण्ड बार शुक्रबारदेखि संचालनमा ल्याएकी हुन् । पारिवारिक, खुल्ला र...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...

संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय...

विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

विराटनगर, २६ पुस । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५१ ज्नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा...

इनरुवाबाट २५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्