धौंखल वंशको १८ औं भेला भव्यताका साथ सम्पन्न, पाँच जना व्यक्तित्व सम्मानित

 न्यूज विराट
धौंखल वंशको १८ औं भेला भव्यताका साथ सम्पन्न, पाँच जना व्यक्तित्व सम्मानित

विराटनगर । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसाममा बसोबास गर्ने श्रेष्ठ समुदायको धौंखल वंशको १८ औं भेला सम्पन्न भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सौठा बजारमा आयोजित यस कार्यक्रममा परम्परागत संस्कृति झल्किने विविध गतिविधिहरू सहित बुधबार वंश भेला उल्लासपूर्ण वातावरणमा समापन गरिएको हो ।
धौंखल वंश सेवा समितिका अध्यक्ष पदमकुमार श्रेष्ठका अनुसार अक्षय तृतीयाको शुभ अवसर पारेर प्रत्येक वर्ष यस्तो वंश भेला आयोजना गरिँदै आएको बताउनुभयो । ‘हाम्रो वंशको एकता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने मुख्य उद्देश्यका साथ यो वार्षिक भेला आयोजना गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा विशेष उपलब्धि हासिल गरेका पाँच जना विशिष्ट ज्येष्ठ व्यक्तित्वलाई सम्मान गरिएको थियो । उर्लाबारीका हरिराज श्रेष्ठ, मधुमल्लाका टेकबहादुर श्रेष्ठ, डाँगीहाटका खड्गबहादुर श्रेष्ठ, ताप्लेजुङकी गौरीमाया श्रेष्ठ र पथरीकी लक्ष्मीमाया श्रेष्ठलाई सम्मानित गरिएको हो ।
समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले धौंखल वंशले आफ्नो समुदायको उत्थानका लागि मात्र नभई सम्पूर्ण समाजको विकासमा समेत योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी एकताबद्ध भएर समाज रूपान्तरणका कार्यमा अग्रसर हुनेछौँ,’ उहाँले भन्नुभयो ।
समितिका सचिव प्रेम श्रेष्ठले संस्थागत गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष गरिएका उपलब्धिहरू र आगामी वर्षका लागि योजनाहरू बारे जानकारी गराउनुभयो ।
भेलामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसामका विभिन्न क्षेत्रबाट आएका धौंखल वंशका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुति, वंशको इतिहास झल्किने प्रदर्शनी र सामूहिक भोजको आयोजना गरिएको थियो । संस्थाले हालसम्म ६५ घरपरिवारका ५ सय बढी सदस्यहरूलाई एकीकृत गरेको छ र भविष्यमा सामाजिक सेवा, सांस्कृतिक संरक्षण र युवा सशक्तीकरणका क्षेत्रमा थप कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।...

विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...

बीपी प्रतिष्ठानमा विर्तामोडकी संक्रमित महिलाको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा झापाको विर्तामोड–८ की ४५ वर्षीया महिलाको गएराति १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो...

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गबीच शिष्टाचार भेट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको...

न्युरो सर्जन समाजको अध्यक्षमा डाक्टर यमबहादुर रोका

विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्