विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् ।
आज धरान स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता भउका हुन्। नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भए भने तेस्रो स्थानमा राजीव घिमिरे रहेका छन्।
प्रतियोगिताको ग्रस तर्फ ३ अण्डर अंकसहित सुमन परियार विजयी भए भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाए । त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भए। प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहे।
महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता भए । प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन ,सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए।
प्रतियोगिताको विजयी खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ,संघका अध्यक्ष प्याकुरेललगायतले ट्रफी हस्तान्तरण गरे।