क्रिकेट खेलाडी लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ ः सदस्य सचिव बस्नेत

 न्यूज विराट
क्रिकेट खेलाडी लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ ः सदस्य सचिव बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन्।

आज सामाजिक संजालमा भिडियो जारी गर्दै सदस्य सचिव बस्नेतले लोहनीको निशुल्क उपचारका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै लोहनीको सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताएका हुन्।

बस्नेतले कोशी प्रदेश क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लोहनीले उपचारमा तीनै तहको सरकार उदासिन हुँदा खेलक्षेत्र निरास भएको धारणा समेत व्यक्त गरे। ‘क्रिकेटको माध्यमबाट संसारमा नेपालको नाम संसारमा चिनाउँदै आएका उपचारत लोहनीले उपचारमा सहयोग नपाउनु दुःखद अवस्था हो ,’ बस्नेतले भने,’राष्ट्रको गौरवको रुपमा रहेको खेलाडीलेनै उपचारका लागि यति संघर्ष गर्नुपर्दा सम्पूर्ण खेलक्षेत्र निरास र खेल क्षेत्रमा भविष्य छैन् भन्ने सन्देश गएको छ ।’

बस्नेतले भिडियो मार्फत प्रधानमन्त्री , युवा तथा खेलकुद मन्त्री , स्वास्थ्य मन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्ने लोहनीको यथाशीघ्र निशुल्क उपचारका लागि आग्रह गर्दै लोहनीलाई पुनः मैदानमा फर्काउन पहलकदमी लिन समेत अनुरोध समेत गरे।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी २० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका लोहनीको त्यसयता ५ पटक शल्यक्रिया भैसकेको छ। हाल छैटौं शल्यक्रियाको लागि भारतमा रहेका लोहनीले उपचारको क्रममा आफ्नो २० लाख खर्च भैसक्दा नेपाल क्रिकेट संघ ( क्यान ) बाट १ लाख सहयोग मात्र प्राप्त भएको बताउँदै आएका छन्।

सम्बन्धित समाचार

ह्युमनिटी फाउन्डेसन मोरङमा गठन, अध्यक्षमा दिपेन राय

विराटरनगर । लामो समय देखि आर्थिक अवस्था नाजुक रहेको परिवारको हकहितका काम गर्दे सिमानकृत समुदायलाई राजनीति मुलधारमा ल्याउन सक्रिय रहेको ह्युमनिटि फाउन्डेनको नँया जिल्ला कार्यसमिति गठन गरेको छ ।फाउन्डेशनको संस्थापक अध्यक्ष सलिम अन्सारीको प्रमुख आतिथ्यमा...

बास्केटबल प्रतियोगिता, बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल...

नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...

कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...

मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र...

१४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो । उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्