विराटनगर । लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले दश जनालाई पक्राउ गरेको हो ।
झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका ६ बनियानि चोक स्थितमा कचनकवल ५ का २८ बर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका ६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका ३ का २८ बर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका ४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका ५ का २७ बर्षीय पञ्चम ताजपुरिया र २६ बर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका २ का २६ बर्षीय सुदिप न्यौपाने र २५ बर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका २ का एक बालकलाई २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका ५ स्थितबाट सोही स्थानमा २४ बर्षीय आशिष कुमार सरदार र ३० बर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो ।
यसका साथै मोरङको बिराटनगर महानगरपालिका १५ स्थीत एक नम्बर ढाँटमा चेकिङ टोलिले सुनसरीको धरान उप महानगरपालिका १४ का ३९ बर्षीय रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका सबैजनाको कानूनी प्रकृया भईरहेको छ ।