विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

 न्यूज विराट
विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।
कार्यक्रमलाई भव्य बनाउन जिल्ला सहकारी संघ लि मोरङका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । त्यसैगरी कार्यक्रमलाई व्यवस्थित बनाउन१२ वटा विभिन्न उपसमितिहरु गठन गरिएका छ । बिजयहरी खतिवडाको संयोजकत्वमा प्रचार प्रसार, जितेन्द्र झाको संयोजकत्वमा स्वास्थय उपसमिति, झाकि व्यवस्थापन विजयकुमार माझी , दिप प्रजवलन सीता लामिछाने, हलमंचमा राकेश दाहाल र खानेपानी उपसमितिको संयोजकमा नारायण ढकाल रहेका छन् । त्यसैगरी पार्वता बराल, स्वागत सत्कार, गोपाल धिताल , पार्किङ व्यवस्थापन, गोबिन्द निरौला , -याली व्यवस्थापन, ई० कमलेश्वर ठाकुर , स्वयम सेवक व्यवस्थापन र अमृत गुरुङ आर्थिक व्यवस्थापन उप समितिको संयोजक रहनु भएकोछ ।
कार्यकम अनुसार चैत्र १८ गते सांझ ४ बजेदेखि पुस्पलाल चौकबाट बृहत मोटर साईकल -याली र चैत्र १९ गते सांझ ६ बजे महेन्द्र चौकमा दिप प्रजवलन कार्यक्रम राखिएको छ ।
प्रचार उपसमितिका सह-संयोजक  अविनाश निधिका अनुसार चैत्र २० गतेको कार्यक्रममा सहभागी हुन मोरङ जिल्लामा रहेर करीब ९ सय सहकारी संघ/संस्थाका हजारौं सहकारीकर्मीहरु विराटनगरमा आउनेछन् । हिजो सम्पन्न विभिन्न उपसमितिहरु सहितको बैठकले कार्यक्रम तयारी सम्वन्धि आवश्यक निर्णय गरेको कुरा जिल्ला वहुउद्देश््यिय सहकारी संघ लि. मोरंङका अध्यक्ष माधव अधिकारीले बताउनु भयो ।

सम्बन्धित समाचार

आरम्भले फेरी वितरण गर्यो विपन्नलाई राहत

इटहरा, जेठ २२–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का अति विपन्न २४ घरपरिवारई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ । आरम्भले घरघरमा पुगेर वास्तविक विपन्नहरुको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको...

जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउनुपर्नेमा जोड

विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...

निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क लिन पाउने

काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् ।  ‘निजी विद्यालयले...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

बनारसमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नेपालका नक्कली नागरिक बनेको खुलासा

काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । हाल प्रहरी अनुसन्धानमा...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

मोरङको नयाँ कारागार संचालन, क्षमता ६१७ पुग्यो

विराटनगर । मोरङ जिल्लामा नयाँ कारागार भवन उद्घाटन गरिएको छ । करिब ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गृहमन्त्री रमेश लेखकले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।...

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्