सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान
सोमबार, ०४ चैत, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई यो छात्रवृत्ति प्रदान गरिएको हो । नाबुन विराटनगर महानगर कमिटिले भारतीको कक्षा दश सम्मको शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ । सोमबार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा नाबुन विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बाले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले यो पहल गरिएको बताइन् । ‘यसअघि हामी वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका थियौं । यसपटक हामीले शिक्षा क्षेत्रमा योगदान गर्ने निर्णय ग¥यौं,’ उनले भनिन् ।
नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङले यस छात्रवृत्तिले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिइन् । नाबुन प्रदेश अध्यक्ष कला डाँगीले पनि यस कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षामा सहयोग पु¥याउने यस्ता पहलहरूको महत्व बताइन् । विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणी रिजालले भारतीजस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठूलो टेवा दिने बताए । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । छात्रवृत्ति प्राप्त गर्ने भारती कामतले आफूलाई यो अवसर प्रदान गरेकोमा नाबुनप्रति आभार व्यक्त गर्दै, यसले आफ्नो शैक्षिक यात्रामा थप प्रेरणा दिएको बताइन् । उनले कक्षा दशसम्मको शिक्षा पूरा गरेपछि उच्च शिक्षा हासिल गर्दै आफ्नो समुदायको लागि योगदान दिने लक्ष्य राखेको बताइन् । कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोशी प्रदेशकी महिला सचिव सायदा तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक र विद्यार्थीहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । शिक्षकहरूले यस्ता पहलहरूले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा प्रोत्साहित गर्ने र समाजमा शिक्षाको महत्त्व बढाउने विचार व्यक्त गरे । नाबुन विराटनगर महानगर कमिटिले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक सहयोग कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्ने योजना बनाएको जनाएको छ । यसले समाजमा शिक्षाको महत्त्व बढाउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने भारती कामतका अभिभावकले पनि यो सहयोगले आफ्नो छोरीको शैक्षिक भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने आशा व्यक्त गरे । उनीहरूले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएकाले यस्तो सहयोगले ठूलो राहत मिलेको बताए ।
पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...
काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...
विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा संचिता जैन चयन भएकी छन् । २०२१/०२२ का लागि जैन अध्यक्षमा चयन भएकी हुन् । दीप्ती तोदीको कार्यकाल सकिएपछि जैनले रोटरी क्लब अफ विराटनगर...
काठमाडौं, ३० वैशाख-भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विरोधमा प्रर्दशनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै मानवअधिकारवादी नेता कृष्ण पहाडी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत ५३ जनालाई पक्राउ गरेको हो । नेपालले...
विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...
महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...
काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...
प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सकिएको छ । याे मुद्दामा मंगलबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। साेमबार पनि निवेदकतर्फका कानुन...