पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात
आइतबार, ०३ चैत, २०८१,
न्यूज विराट
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० गोलले निराश बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले नायक भए । उनले खेल सुरु भएको ६८ आंै मिनेटमा गरेको निर्णायक गोल गर्दै टिमको जित सुनिश्चत गरे । रितेस तामाङले निकालेको क्रस पासलाई युवराजले चलाखीपूर्ण ढंगले जाली चुमाए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेले । दोस्रो हाफपछि एक गोलले पछि परेपछि सप्तरी आक्रमक बन्यो । खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । सप्तरीका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । खेलको ६२ औ मिनेटमा बिनु मगरले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमाथि बाट बाहिरियो । त्यसलगतै पुष्पराज चौधरीले गरेको प्रहार उदयपुरका गोल किपर अनिल मगरले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७० औं मिनेटमा सप्तरीको कप्तान सुशिल कुमार यादवले गरेको उदयपुरका गोलकिपर अनिल बाधक बने । सप्तरीका खेलाडीले गरेको बारम्बारको कडा प्रहार उदयपुरका गोलपिकरले बिफल पारिदिए । खेलेको प्लेयर अफ द म्याच पनि उदयपुरका गोलकिपर अनिल मगर घोषित । भए । उनले नगद २ हजार १ सय पाए । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उपबिजेताले ५१ हजार रुपैयाँ पाउनेछन् । चैत १० गते हुने फाइलनमा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ । सोमबारको खेल घरेलु टिम पेमा स्पोर्टीङ्ग क्लब विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उनले मिल्स गोल्डकपलाई निरन्ता दिन विराटनगर महानगरपालिकाले साथ सहयोग गरेर अगाडी बढने बताए । व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउन मिल्स गोल्डकपको ठूलो भूमिका रहेको उनको भनाई थियो ।
एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...
विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कायरत प्रहरी निरीक्षक ऋषिराज ढकालल उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ढकाललाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको...
६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...
काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही...
साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर...
काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...