२५ हजार धरौटि बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

 न्यूज विराट
२५ हजार धरौटि बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक थुनुवाको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ। धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका मोरङको पथरीशनिश्चरे नगरपालिका(४ का ३८ वर्षीय जितबहादुर देवान ९जेठा० को कोशी अस्पतालमा उपचार गराउँदागराउँदै मृत्यु भएको हो।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार देवानलाई हातखुट्टा नचल्ने समस्या देखिएपछि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा शनिबार दिउँसो ३स्५५ बजे मृत्यु भएको जेलर ढुंगेलले जानकारी दिए।
ूदेवानलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो,ू जेलर ढुंगेलले बताए। जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार रूपैयाँ धरौटी माग गरेको थियो। तर, उक्त रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको थियो।
मुद्दाको फैसला हुन बाँकी रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको हो। मृतकको शवलाई कोशी अस्पतालको शव गृहमा राखिएको छ।
जेलर ढुंगेलका अनुसार मृतकका आफन्त र परिवारका सदस्यहरू सम्पर्कमा आइसकेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर शव परिवारजनलाई जिम्मा लगाइने जनाइएको छ।
कारागार प्रशासनले देवानलाई स्वास्थ्य सम्बन्धी पहिलेदेखि नै समस्या रहेको हुनसक्ने आशंका गरेको छ। यद्यपि, मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको छ।
मृतक देवानको मुद्दा अझै विचाराधीन अवस्थामा रहेको र अदालतबाट अन्तिम फैसला आउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...

बिरालो कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

काठमाडौं, २७ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री...

मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...

कोरोना महामारी : एकै दिनमा ६१ हजार संक्रमित, ४ हजारको मृत्युु

देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्