प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

 न्यूज विराट
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता

विराटनगर । कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।
विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा नगर अस्पतालमा ल्याब सेवा विस्तार गरेको हो । अस्पतालबाट नमूना संकलनको लागि प्रयोगशालाले नेपाल क्यान मुभसँग आइतबार सम्झौता गरेको छ । सम्झौता अनुसार क्यानले जिल्ला अस्पताल र नगर अस्पतालहरुबाट नमूना संकलन गरेर प्रयोगशालासम्म ल्याउनेछ । त्यसपछि प्रयोगशालाले परीक्षण गरेर सम्बन्धित अस्पतालहरुमा रिपोर्ट पठाउने प्रणालीको विकास गरेको छ ।
सम्झौता पत्रमा प्रयोगशालाको तर्फबाट निमिक्त कार्यालय प्रमुख प्रकाश चन्द्र कार्की र नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले हस्ताक्षर गरेका छन् ।
सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ वटै जिल्लाभित्रका अस्पतालहरुमा पुर्याउन लागि परेको कार्यालय प्रमुख प्रकाश चन्द्र कार्कीले बताए । यसअघि उक्त प्रयोगशालाको सेवा मोरङ भित्रका अस्पतालहरुमा मात्र सेवा प्रभावह गर्दै आएको थियो । कार्यालय प्रमुखको जिम्मेवारी कार्कीले पाएपछि १४ वटै जिल्ला भित्रका अस्पतालहरुमा सेवा विस्तार सुरू गरिएको उनले बताए । अहिले मोरङ र सुनसरी जिल्ला भित्रका अस्पतालहरुसँग सम्झौता गरिएको उनले बताए । विस्तारै १४ जिल्ला अस्पताल र ५ वटा नगर अस्पतालहरुमा पनि सम्झौता गर्ने उनले बताए । ‘सम्झौता भएपछि अस्पतालमा नहुने परीक्षणहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउनेछन् । त्यसको लागि हामीले नेपाल क्यान सँग सम्झौता गरेका छौं । अस्पतालले नमूना संकलन दिएर क्यानलाई पठाउने छ । क्यानले नमूना ल्याएपछि हामी परीक्षण गरेर अनलाइनमार्फत रिपोर्ट सम्बन्धित हस्पिटलमा पठाउनेछौं,’ उनले भने, ‘प्रयोगशालामा आएको नमूना यहाँ हुदैन भनेर हामी कसैलाई पनि फर्काउने छैन । त्यसको लागि हामीले यहाँ परीक्षण नहुने टेस्टहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि सम्झौता गरेका छौं ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यसँग सम्बिन्धत र अस्पतालमा आधरिता सम्पूर्ण जाँ हुने गरेको उनले बताए । यहाँ अत्याधुनिक उपकरणहरुबाट हजार बढी जाँच हुने गरेको छ ।
नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले सन् २०१९ मा स्थापना भएको क्यानको ७७ वटै जिल्लामा शाखा कार्यालयहरुबाट होम डेलिभरी सेवा दिदै आएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेपछि छिटो र छरितो तरिकाले मानव जैविक नमुनाहरु संकलन गरि तोकिएको मापदण्ड अनुसार सुरक्षित ढुवानि गर्ने बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवा दिदै आएको प्रदेशका सबै नागरिकसम्म पुर्याउनुपर्ने बताए । अहिले पनि धेरै नागरिकले प्रदेशले जनस्वास्थ्यले प्रभावह गर्ने सेवाबारे अनविज्ञ रहेको जानकारी दिदै मन्त्री राईले स्वास्थ्य जनचेतना फैलाउन जरुरी रहेको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा विस्तार १४ वटै जिल्लामा पुर्याउन मन्त्रालयले सबै प्रकारको सहयोग गरेर अगाडी बढने बताए । प्रदेशले प्रदान गर्ने सेवा गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिनुपर्नेमा उनले जोड दिइन् ।

सम्बन्धित समाचार

कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।...

मोरङका पत्रकारहरुको कोरोना परिक्षण, १६ जनाको नमुना संकलन गरियो

विराटनगर, जेठ ३–कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका मोरङका पत्रकारहरुको कोरोना परिक्षणका लागी स्वाबको नमुना सङकलन गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघको प्राङगणमा जिल्लाका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागी...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो । त्यस्तै, त्यहाँ अहिलेसम्म...

बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल...

विकेभिएम र राइजिङ नेपाल विजयी

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७ विकेटले पराजित गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्