विराटनगर । प्यारासिटामोल इन्जेक्सनको अवैध रुपमा भारतबाट विराटनगसहितको पूर्वी बजारमा तस्करी भएर पुग्ने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग (डिडिए) मा दर्ता नभएको इन्जेक्सन गिरोहले भारतबाट सस्तोमा ल्याउने र नेपालमा ल्याएपछि चर्को मुल्यमा विक्री हुने भएकोले प्यारासिटामोल इन्जेक्सनको तस्करी हुने गरेको पाइएको हो ।
यो इन्जेक्सन ल्याउने ठूलो गिरोहनै संलग्न रहेको औषधी व्यवसायीहरु बताउँछन् । विराटनगरको बजारमा अधिक मात्रामा तस्करी भएर आएको विना दर्ताको इन्जेक्सन विक्री वितरण हुने गरेको गोप्य सूचना मोरङ प्रहरीमा पुगेको थियो । त्यसपछि मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेपछि आइतबार अनुगमन गरेको हो । अनुगमनको क्रममा विराटनगरको ठुला हस्पिटल अगाडीको फार्मेशीहरुले दर्ता बेगारको प्यारासिटामोल इन्जेक्सनको विक्री वितरण हुने गरेको पाइएको हो । डिडिएमा बिनादर्ताको औषधीको खुल्लेआम विक्री वितरण गरेको भेटिएपछि विराटनगरका तीन वटा फार्मेशीमा सोमबार शिलबन्दी गरिएको छ ।
डिडिए, मोरङ प्रहरी र वाणिज्य कार्यालयले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा दर्ता बेगारको औषधी विक्री वितरण गरेको फेला परेपछि विराट नर्सिङ होम अगाडीको सदर मेडिकल हल, बथनाहा फार्मेशी र ज्ञानु फार्मेशीमा शिलबन्दी गरिएको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले बताए । शिलबन्दी गरिएको फार्मेशीहरुले प्यारासिटामोल इन्जेक्सन र फेबरामोल इन्जिेक्सन डिडिएसमा दर्ता नभएको औषधीहरु विक्री वितरण गरेको फेला परेको थियो । दर्ता बेगारको औषधीहरु भारतबाट अवैध रुपमा ल्याउने गरेका छन् । उनीहरुले भारतबाट ल्याउने र यहाँ ल्याएपछि विरामीलाई चर्को मुल्यमा विक्री वितरण गर्ने गरेको बताइएको छ ।
यसरी दर्ता नभएको औषधीहरु खुल्लेआम विराटनगरको ठूलो हस्पिटल अगाडीको फार्मेशीबाट विक्री वितरण हुने गरेको जनगुनासो मोरङ प्रहरीमा पुगेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले डिडिएसँग समन्वय गरेर अनुगमन गर्दा दर्ता बेगारको औषधी भेटिएको उनले बताए ।
प्यारासिटामोल इन्जेक्सन र फेबरामोल दुखाइ र ज्वरो आउँदा कम गर्ने इन्जिेक्सन हो । यो भारतमा २४० रुपैयाँ पर्दछ । नेपालमा ल्याएर १ हजार रुपैयाँसम्म विक्री वितरण हुने गरेको औषधी व्यवसायी बताउँछन् । प्यारासिटामोल र फेबरामोल इन्जेक्सन ल्याउने तस्करीको गिरोहनै रहेको छ । यसको खोजी कार्यमा प्रहरी र औषधी व्यवस्था विभाग लाग्नुपर्ने व्यवसायीहरु बताउँछन् ।