मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

 न्यूज विराट
मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारयण थापा मगरले बताए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर अगाडी बढनुपर्ने बताए ।

मारिया किड्स मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले बालबालिकाको मनोविज्ञानमा आधारित,समय सापेक्ष र अभिभावकको चाहना बमोजिम अभिभावकले खोजेको र रोजेको जस्तो शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावको मन जित्न सफल भएको उनले बताए । मारिया किड्स मन्टेश्वरीले उत्कृष्ट पहिचान बनाउन सफल भएको विद्यालयका अध्यक्ष मदन खतिवडाले बताए ।
किड्स भिलेज स्कुलमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमसारगर रिमाल, हिासन केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरिल्याण्डका प्रिन्सिपल लक्ष्मण ढकाल, किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, प्रिन्सिपल बिजय दाहाल, म्यानेजिङ डाइरेक्टर पंकज जैन, शिक्षक,कर्मचारी र मारिया किड्स मन्टेश्वरी स्कुलका प्रिन्सिपल मनिष पोखरेल, म्यानेजिङ डाइरेक्टर नवजित प्रधान, लेखा प्रमुख सिर्जना आचार्य, कोअर्डिनेटर प्रियंका दाहालको उपस्थिति रहेको थियो ।
केही महिना अगाडी विराटनगर – ५ स्थित किड्स भिलेज स्कुल र मारिया किड्स मन्टेश्वरी स्कुलबिच गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सहकार्य भएको थियो ।
अब दुवै विद्यालयले विराटनगरको शिक्षालाई प्रि–प्राइमरी लेभलदेखि आधारभूत तहसम्म मन्टेश्वरी विधि र पद्धतिलाई विशेष प्राथमिकतामा राखी अझ मजबुत रुपमा अगाडि बढाउँदै लैजाने विषयमा दुई स्कुलबीचमा सहकार्य किड्स भिलेज स्कुलका प्रिन्सिपल बिजय दाहालले जानकारी दिए ।
किड्स भिलेज २०७० सालमा स्थापना भएको थियो भने मारिया किड्स २०७३ सालमा भएको थियो

सम्बन्धित समाचार

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

पत्रकार बन्जाराका परिवारका सदस्यमा देखिएन कोरोना

काठमाडौं, ३ जेठ-नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको परिवारका सदस्यको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएइका हुन् । उनले आफ्नो...

भारतीय सुरक्षाकर्मीकाे सहयाेगमा मध्यरातमा १५ जना विराटनगर आइपुगे

विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् । दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा,...

संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, ३१ जेठ-संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको...

भ्रष्टाचार निर्मूल पार्न आचरण बदल्नु पर्नेमा जोड

विराटनगर, २१ फागुन । मुलुकबाट भ्रष्टाचारलाई न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने भनाई सहभागीहरुले राखेका छन् । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी एवं जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीहरुले...

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्