सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा सविता थापा

 न्यूज विराट
सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा सविता थापा

विराटनगर। सौन्दर्य कला व्यवसायी सङ्घ विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व आएको छ । उक्त संघको अध्यक्षमा विराटनगरका ब्युटिसियन सविता थापा रहेकी छिन् । विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघिको अध्यक्षमा जुली प्याकुरेल रहेकी थिइन् । प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष रिक्त रहेको थियो । सान्दर्यकर्मीको भेलाबाट सवितालाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौपान ,सचिवमा ईशा ढकाल‌ र कोषाध्यक्षमा रजिता भट्टराई रहेकी छन् ।
नवनिर्वाचित अध्यक्ष सविताले ब्युटिसियनहरुको हकहितामा सधैभरी लागि परेर अगाडी बढने बताइन् ।


सौन्दर्य कला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि संघकी केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सौन्दर्य कला व्यवसायीहरुको हकहितमा काम गर्दै क्षमता अभिवृद्धीमा लागि परेको बताइन् । नयाँ आएको नेतृत्वले ब्युटिसियनहरुलाई एकता बद्ध बनाएर अगाडी बढने बताइन् ।

सम्बन्धित समाचार

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

विराटनगरको लेखनाथ वाचनालयद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान

विराटनगर, ३० चैत । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको...

उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि...

प्रेस युनियन मोरङको पद हस्तान्तरण

विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...

प्याब्सन जिल्ला स्तरीय चित्रकलाको उपाधि कृतिका र प्रशनालाई

छविराज ढकाल विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको ग्रेडेड स्कुलकी कृतिका यादव र पथरीकीको गैटग्रेस स्कुलका प्रशना तामाङले जितेका छन् । प्याब्सन मोरङको आयोजनामा पथरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा सिनीयरतर्फ कृतिका...

गौतम बुद्ध डाँन्स आइडल प्रतियोगिता

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसमा शुक्रबार गौतम बुद्ध डान्स आइडल प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिता अन्र्तगत साँस्कृतिक विधाको जुनियर तर्फको प्रथम आहिष्मा आचार्य, द्धितीय निकिता...

पप्पुसहित ३ निर्माण कम्पनी फेरि परे कालोसूचीमा 

काठमाडौं, १४ साउन-निर्धारित समयमै काम सम्पन्न नगर्ने ३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्ने कम्पनीमा सुमित रौनियारको पप्पु-प्रगति जे.भी, विरेन्द्र कुमार गुरुङको चमैता निर्माण सेवा र मनोज कुमार दासको माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्