विराटनगर । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
प्रमुख अतिथि कोइरालाले मेरिल्याण्ड कलेज विराटनगरको ऐतिहासिक कलेज बताए । व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट रहेको कलेजमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षक उत्तिकै बढेको कोइरालाको भनाइ छ ।
वार्षिकोत्सवको अवसर कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र बिबिएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्रछात्रालाई पुरस्कृतसमेत गरेको थियो ।
यसैगरी, कलेजको आन्तरिक परीक्षामा अब्बल अंक ल्याउने तथा आन्तरिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरू सम्मानित भएका थिए । कलेजमा १५ वर्षभन्दा बढी कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेमा दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजीत प्रधान, शशीभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराई र देवकी मरिक रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाएर प्रमुख अतिथि तथा विराटनगरका मेयर नागेश कोइराला, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।
कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट सातमा पर्न सफल भएको स्मरण गराए । २०५९ सालमा स्थापना भएको कलेजले आगामी शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठनपाठन थाल्ने उनले जानकारी दिए ।
कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका निर्देशक भेषराज पोखरेललगायतले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य नाटक गरेर उपस्थित अतिथि, अभिभावकलाई मनोरञ्जन दिएका थिए ।
विराटनगर । निमार्ण व्यवसायी संघ मोरङले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरेको छ । १६ औं राष्ट्रिय निमार्ण दिवसको अवसर पारेर शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८...
विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...
काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...
काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...
विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...
विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न...
विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...