विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ ।
विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोशी क्रिकेट महोत्सव २०२५ नेपाल क्रिकेट फाउण्डेशनको निरन्तर प्रयास अन्तर्गत भूई तह क्रिकेटको विकास र प्रवद्र्धन र विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्दै उदीयमान प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए । विद्यालय क्रिकेटलाई सशक्त बनाउने केटी खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यस प्रतियोगिताको मुख्य लक्ष्य भएको अध्यक्ष श्रेष्ठले बताए ।
यो प्रतियोगितामा विराटनगरका आदर्श बालिका, श्री आदर्श मावि, जनपथमावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरि ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरीय प्रतियोगिता अन्तर्गत केटा र केटी दुवै तर्फका प्रतियोगिताहरू सञ्चालन गरिएको हरेक खेल १० ओभरको खेलाइएको थियो । क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।
काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...
विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका...
विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...
म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...
चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...
एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...
चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसका विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली पक्षलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तिब्बतले १० हजार एन ९५ मास्क,...