मोर्डन एराको भव्य भयो अभिभावक दिवस, दुई दिनसम्म विविद्य कार्यक्रम

 न्यूज विराट
मोर्डन एराको भव्य भयो अभिभावक दिवस, दुई दिनसम्म विविद्य कार्यक्रम

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार अभिभावक दिवस सम्पन्न गरेको हो ।

अभिभावक दिवसको अवसर पारेर स्कुलले विभिन्न कार्यmत्रम आयोजना गरी शनिबार औपचारिक रुपमा सम्पन्न गरेको स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए । स्कुलले पहिलो दिन शुक्रबार पिजिदेखि कक्षा ३ सम्म अध्ययरत विद्यार्थीहरूले नाटक , फेशन,नृत्य, गायन, स्पिजलगायतका प्रतिभा प्रस्तुत गरे । शनिबार ४ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेर दिनभरी सहभागि भएका अतिथि, अभिभावक , शिक्षक र विद्यार्थीहरुलाई दिनभरी रमाइलो प्रदान गरे । अभिभाव दिवसको अवसर पारेर विद्यालयले मोर्डन एरा लिटल च्याम्स प्रतियोगिता पनि आयोजना गरेको छ । उक्त प्रतियोगितामा एक दर्जन बढी किशोरीहरुले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका विद्यालयका प्रिन्सिपल इन्द्र राईले बताए । यस पटकको तेस्रो संस्करणको प्रतियोगिता हो ।

अभिभावक दिवसको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका समाजिक विकाश मन्त्री पाँचकर्ण राई गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले सिप र संस्कारसहितको शिक्षा विद्यार्थीहरुलाई दिनुपर्नेमा जोड दिए । कार्यक्रममको विशिष्ट अतिथि प्रदेश सांसद भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले गुणस्तरीय शिक्षासँगै रोजगारमुखि शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत, उपाध्यक्ष विष्णु डंगोल, स्कुलका प्रिन्सिपल इन्द्र राई कलेजका क्याम्सप प्रमुख ठाकुर भण्डारीले बोलेका थिए ।
कार्यक्रम सभापतित्व मोर्डन एरा स्कुल ब्यवस्थापन समितका अध्यक्ष गोविन्द निरौलाले गरेका थिए । स्कुलमा पिजिदेखि कक्षा–१२ सम्म करिव १३५० विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...

कोरोना संक्रमणबाट सिरहामा थप दुईको मृत्यु

सिराहा, २२ भदौ-कोरोना भाइरस संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला...

व्यासमा हिमपात : चिसो ह्वात्तै बढ्यो, बेँसी झर्दै तिङ्करवासी

दार्चुला, २ मंसिर-दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्गरु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा ५/६ इन्च हिउँ जमेको छ । ती क्षेत्रका...

क्रिकेट खेलाडी लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्छ ः सदस्य सचिव बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन्। आज सामाजिक संजालमा भिडियो जारी गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्