बूढानीलकण्ठ स्कुलको भव्य भयो ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित
शनिबार, १० फागुन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – २ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ । दश वर्षदेखि निरन्तर रुपमा ३५ वर्षसम्म काम गर्ने शिक्षकहरुलाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए । यसरी सम्मानित हुने शिक्षकहरुमा अजय कुमार राजवंशी, गणेश गौतम, रमा खतिवडा, रेखा खातनु, नम्रता जोशी, नवराज, मन्जु श्रेष्ठ, अविनाश कुमार देव, सुष्मा राजवंशी, संगीता ताम्राकार, विनोद राजवंशी, राजेश्वर राजवंशी, पंकज जैन र दिपेन्द्र थापा रहेका छन् । उनीहरुले ३५ वर्षदेखि १० वर्षसम्म विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएकोले विद्यालयले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित भएका शिक्षकहरुलाई कार्यक्रमको प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना र विद्यालयका प्रिन्सिपल मणीराज भट्टराईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराईले विद्यालयलाई गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई भयरहित बातवरण अध्ययपन गराउनको लागि चार करोड बढीको लगानी गरेको बताए । विद्यार्थीहरुलाई सिप र संस्कारसहित गुणस्तरीय शिक्षासँगै अतिरिक्ति क्रियाकलापमा पनि अगाडी बढाएको बताए । तेसै अनुसार विद्यार्थीहरुले वार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनले बताए ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढाउनुपर्नेमा जोड दिए । प्रविधियुक्त शिक्षा दिएर दश जनशक्ति उत्पादनमा निजी क्षेत्रको ठुलो भुमिका रहेको उनको भनाई थियो । दुई दिनसम्म संचालन भएको विद्यालयको अभिभावक दिवस पहिलो दिन कक्षा नर्सरी देखि चार सम्मका विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरे । शनिबार दोस्रो दिन पाँच देखि कक्षा १० सम्मका विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक, शिक्षक र अतिथिहरूले दिनभरी मनोरञ्जन प्राप्त गरे । २०४० सालमा स्थापित स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण सबैको रोजाइमा पर्न सफल भएको स्कुलको दाबी छ । वार्षिकोत्सवको अवसर पारेर स्कुलका संस्थापक फाउण्डर अध्यक्ष खगेन्द्र पाण्डे र संस्थापक ज्ञानु पाण्डेलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले सम्मानपत्रका साथ दोसला ओढाएर सम्मान गरेका थिए । स्कुलका सञ्चालक समितका अध्यक्ष बुद्धिबहादुर प्रधानको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । बूढानीलकण्ठ स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म करिब १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको स्कुलले जनाएको छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको...
विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...
हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...
विराटनगर । विराटनगर ५ त्रिमूर्ति मार्गमा अवस्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा २४ जना व्यक्तिहरूले रक्तदान गरेको संस्थाकी सचिव मिना खनालले जानकारी दिइन्। कार्यक्रममा संस्थाका...
काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...
विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...