नेपाली विद्यार्थीलाई न्याय माग्दै जोगवनी नाकामा अखिल विराटनगरको श्रद्धाञ्जली सभा

 न्यूज विराट
नेपाली विद्यार्थीलाई न्याय माग्दै जोगवनी नाकामा अखिल विराटनगरको श्रद्धाञ्जली सभा

विराटनगर । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

रानी नाकामा अनेरास्ववियु विराटनगर महानगर कमिटीले मैनबत्ती बालेर प्लेकार्ड प्रदर्शन गर्दै न्यायको माग गरेको हो।

अनेरास्ववियु महानगर कमिटी कोषाध्यक्ष क्रिष्टिना बस्नेतले अनेरास्ववियुले प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै घटनामा दोषीले कठोर कानुनी सजाय दिलाउन सरकारले कुटनीतिक कदम चाल्नु पर्ने बताइन्। बस्नेतले लम्साललाई न्यायसँगै भारतमा रहेका अन्य नेपाल विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको व्यवहारलाई ध्यानमा राखेर दोषीलाई कारबाही गर्न समेत पहल लिनुपर्ने बताइन्।

लम्सालको न्यायको निम्ति देशैभरि विद्यार्थी संगठनहरु प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले...

महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...

रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

कर्णालीमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता थप सामग्री

सुर्खेत, ३ जेठ-सुर्खेतको चौकुने गाउँपालिका-२ को कर्णाली नदीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । ढुङ्गा पल्टिदा सुर्खेत चौकुने...

कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि...

महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, २९ कात्तिक-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्