पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण
बिहिबार, ०८ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य जाँच गरिएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विराट मेडिकल कलेजबाट आएका विशेषज्ञ चिकित्सकहरुले पूर्वाञ्चल विद्या सदनमा अध्ययरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेका थिए । विरामीहरुको स्वास्थ्य परीक्षण मेडिसिन विभागका डक्टर फुलगेन नायक, आँखा विभाग डक्टर रेश्मा बराल , डा सुनदा भारती रञ्जना पण्डित, बाल रोग विशेषज्ञ डाक्टर अनिल रेग्मी, दन्तरोग विशेषज्ञ डक्टर मेघा खत्री क्षेत्री, नर्सिङ विभागकी सरस्वती थापा मगर र हरि मेहताले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका विरामीको थप उपचार गर्नुपरे विराट मेडिकल कलेजमा सौलियतमा उपचार हुने बताइएको छ । स्वास्थ्य शिविरमा मेडिकल कलेजबाट आएका अस्पताल प्रतिनिधि कामेश्वर पण्डित र जिनेन्द्र कुमार मेहताको पनि उपस्थिती रहेको थियो । शिविरमा विद्यालयका शिक्षक कर्मचारी साथ २५० भन्दा बढी अभिभावकहरूले समेत स्वास्थ्य जाँच गराए।
विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...
काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...
एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल...
देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...
काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...
काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी...
तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...
काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...