कटहरीमा पालिका स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय

 न्यूज विराट
कटहरीमा पालिका  स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ यृुवा क्बल विजय भएको छ । कटहरी १ मा रहेको योङहाट क्लबलाई ५–० गोलले हराउँदै द राइजिङ युवा क्लब विजयी भएको हो । प्रतियोगिताको प्लेर अफ द म्याच द राइजिङ युवा क्लबका निशान्त राइ घोषित भए ।

बिहीबारको पहिलो खेले बुढीगंगा गाउँपालिकाकोे सुकचन्द युवा क्लब र सुनसरी खनारको फाएप स्टार क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल शान्ति युवा क्लब इटहरी र जुनियर एपसी ग्रामथानबीच हुनेछ ।

सो प्रतियोगिताको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । कटहरी गाँउपालिकाले योग्य र सक्षम फुटबल खेलाडीहरु उत्पादन गरी जिल्ला र प्रदेशमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले फुटबल प्रतियोगिता सुरु भएको अध्यक्ष चौधरीले बताए ।


फागुन ७ गते देखि १७ गते सम्म आयोजना गरिने सो फुटबल प्रतियोगितामा कटहरी गाँउपालिकाको ७ वटा वडाका १० वटा टिमहरु र अन्य पालिकाका ६ वटा टिम गरी १६ वटा टिमले भाग लिईरहेका छन् । प्रतियोगिताको विजयी टिमले १ लाख १ हजार नगद सहित ट्रफी र उपविजेताले ५१ हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने कटहरी गाँउपालिकाले जनाएको छ । प्रतियोगिताका लागि बजेट ५ लाख रुपैया विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरको सडकमा सुरू भयो फुड फेस्टिवल

विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल सुरु भएको छ । दशैको अवसर पारेर विराटनगरमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो ।स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको फेस्टिबल कात्तिक ४ गतेसम्म संचालन...

भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१०...

पर्यटकीय गन्तव्यमा अपाङ्गतामैत्री ट्रेकिङ मार्ग निर्माणको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणका लागि गठित पैरवी समितिले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा निर्माण भइरहेका ट्रेकिङ मार्गहरू अपाङ्गतामैत्री बनाउनुपर्ने माग गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा समितिले सरकारका तीनै तहलाई यस्तो...

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

मस्को, ७ कात्तिक-रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १...

थप १ हजार २०४ जनामा संक्रमण पुष्टि, १ हजार ४४७ डिस्चार्ज

काठमाडौं, ३ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

अनिवार्य शिक्षा कार्यान्वयमा जोड

विराटनगर । अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण गरिने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । शिक्षा सम्बन्धी...

राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

विराटनगरमा आज ३ बजे रथयात्रा निकालिँदै, यी ठाउँमा लिन्छ विश्राम

विराटनगर । विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्