विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

 न्यूज विराट
विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो ।

बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई देशको नाम उज्जवल बनाउन एकाडेमी संचालनमा ल्याएको संचालक तथा करातेका अन्तर्राष्ट्रिय खेलाडी सुरज कामतले बताए । अहिले एकेडेमीमा शनिबार बाहेक हप्ताको ६ दिन प्रशिक्षण दिइने गरिएको छ । विहान ६ देखि सात बजेसम्म र बेलुकी ५ बजेदेखि साझ ६ बजेसम्म प्रशिक्षण हुने गरेको संचालक कामतले बताए ।
‘खेलाडीहरुलाई स्वच्छ, सुरक्षित र व्यवस्थित म्याटमा गुणस्तरीय प्रशिक्षण दिइँदै आएको छ । यो विराटनगरकै पहिलो पूर्णरुपमा व्यवस्थित कराते एकेडेमी हो । यस एकेडेमीले ३ जना उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा तालिम समेत प्रदान गरिरहेका छ,’ उनले भने ।
एकाडेमीका प्रशिक्षण लिदै आएका खेलाडीहरुले हालै सम्पन्न प्रथम रिना स्मृति आमन्त्रित खुला कराते प्रतियोगितामा एकेडेमीका ११ खेलाडीहरुले सहभागीता जनाएका थिए । जसमा यस एकाडेमीका खेलाडीहरुले १ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्न सफल भएका छन् । ‘जसले गर्दा यस एकेडेमीको उच्चस्तरको प्रशिक्षण र खेलाडीहरुको उत्कृष्ट क्षमतालाई प्रमाणित गरेको छ,’ संचालक कामतले भने ।
अहिले ३५ जना विद्यार्थीहरुले नियमित प्रशिक्षण लिइरहेका छन् । निकट भविष्यमा यस एकेडेमीका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन निरन्तर कठिन परिश्रम गर्दै आएको उनको भनाइ छ । ‘आफ्नो आत्मरक्षा तथा खेल करिअरलाई सशक्त बनाउन इच्छुक विद्यार्थीहरुलाई च्यम्पियनस् कराते एकेडेमीमा जोडिन आग्रह गर्दछु,’ कामतले भने । करिब साढे ४ लाख रुपैयाँ लागतमा उक्त एकाडेमी संचालनमा आएको हो ।

सम्बन्धित समाचार

बेलबारीमा एक बालिकालाई बलात्कार गरि फरार व्यक्ति ११ महिना पछि पक्राउ

विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...

कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि...

संवैधानिक परिषद्को बैठकलगत्तै ओली शीतलनिवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...

सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सिपि डे केयर सेन्टरमा शौचालय निर्माण गरेर हस्तान्तरण गरेको छ । क्लबले विराटनगरस्थित आदर्श माविमा सञ्चालित सेलेब्रल पाल्सी बेबी डे केयर सेन्टरमा शौचालय निर्माण गरि हस्तान्तरण गरिएको अध्यक्ष...

विराटनगरमा थप एक सय बेडको सुविधासम्पन्न कोरोना उपचार केन्द्र

विराटनगर २३ कात्तिक–प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्त रुपमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा एक सय बेडको एचडिओ र अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) तिहार आगाडि सञ्चालन...

अरनीको स्कुलले मनायो वार्षिक उत्सव

विराटनगर । विराटनगरस्थित अरनिको स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४७ आंै बार्षिक उत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार भव्य कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर महागनरपालिका प्रमुख नागेश...

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्