पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

 न्यूज विराट
पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ ।
समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।
विराट राजवंशीको पहिरन, संस्कृति, संस्कार उजागर गर्नुका साथै आपसी प्रेम, सद्भाव, मिलन, एकताका लागि फाल्गुन ६ गते १८ औं वृहत भेला विराटनगरस्थित हिमाल रोडमा गर्ने भेला आयोजक समितिका संयोजक बसन्त राजवंशीले बताएका छन् । उनले फाल्गुन ३ गते मोटरसाइकल ¥याली प्रदर्शन गरेर ६ गते वृहत भेला आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

समितिका अध्यक्ष भुवनेश्वर राजवंशीले पुस्तौं पुस्तादेखि यस क्षेत्रमा बसोबास गर्दै आएका विराट राजवंशीलाई सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत नगरेर अन्याय गरेको गुनासो पोखे । ‘महाभाारकालिन विराट राजाका सन्तति हामीलाई प्रतिष्ठानमा सरकारले सूचिकृत नगरी किन विभेद गर्न खोजेको गम्भीर प्रश्न हो,’ उनले भने, ‘हामी यस क्षेत्रका मूल आदिवासी हुँदाहुँदै पनि प्रतिष्ठानमा सूचिकृत गर्न अझै बिलम्ब नगर्न सरकार पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

अध्यक्ष राजवंशीले पत्रकार सम्मेलनमार्फत ७ बुंदे माग अघि सारेको छ । प्रतिष्ठानमा विराट राजवंशीलाई छुट्टै सूचिकृत गर, राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित, कोशी प्रदेशसभामा विराट राजवंशी समुदायको समानुपातिक सांसदमा प्रतिनिधित्व, विराटनगरको पहिलो जाति राजवंशीलाई घोषणा, विराट राजवंशीको प्रमुख बसोबास रहेको पालिकाहरु विराटनगर, कटहरी, जहदा, बुढीगंगा, र ग्रामथान क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद गठन र भेडियारीस्थित विराट राजाको दरबार क्षेत्र संरक्षण तथा सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा विकासको माग अध्यक्ष राजवंशीले गरेको छ ।

विराट राजवंशीको माग पूरा नभए अनशन, जुलुस, चक्काजाम, विराटनगर प्रवेशमा रोकलगायतका आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका हुन् । कोशी प्रदेशमा मूल बसोबास रहेको राजवंशी समुदायमध्ये विराट राजवंशीको विराटनगरलगायत वरिपरिका पालिकामा मात्रै बसोबास रहेको छ ।

सम्बन्धित समाचार

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

विराटनगरमा ३०५ सहित प्रदेश १ मा आज ५९१ जना संक्रमित थपिए

विराटनगर, १ जेठ । प्रदेश १ मा शनिबार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका...

कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई...

‘जुु’मा थुन्ने गृहमन्त्रीको अभिव्यक्ति निरंकुश बन्ने दु:स्वप्न : भीम रावल

ओली समूहले नारायणहिटी अगाडि गरिको बृहतसभामा सम्बोधनका क्रममा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिलाई लिएर नेकपाका प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रतिक्रिया जनाएका छन् । गृहमन्त्री थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्ने दु:स्वप्ना देखिरहेको...

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

शुक्रबार थप ११८ जनामा संक्रमण पुष्टि, १२० जनाले जिते कोरोना

काठमाडौं, २६ असार-शुक्रबार थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका २५ वटा प्रयोगशालमा गरिएको स्वाबको नमुना परीक्षणका क्रममा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता...

जसपा अध्यक्ष ठाकुरले बोलाए आफूनिकट सांसदहरूको बैठक

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्