अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप कलेज अब्बल, विद्यार्थीले उडाए रिमोट कन्ट्रोल प्लेन
आइतबार, २७ माघ, २०८१,
न्यूज विराट
विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा काठमाण्डौं बाहिर सबैभन्दा बढी विद्यार्थीले नाम निकाल्ने कलेजको परिचय बनाएको विराटनगरस्थित शिक्षादीपले गुणस्तरीय शिक्षा प्रदान सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको पाइएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको रोजाइमा परेको कलेजले एक पछि अर्को गर्दै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सामेल गराउँदै आएको छ । जसले गर्दा अतिरिक्त क्रियाकलापहरुमा पनि शिक्षादीप कलेज अब्बल सावित भएकोे पाइएको हो ।
शिक्षादीपले काठमाडौं बाहिर मोफसलमा सूचना प्रविधिको क्षेत्र पनि अब्बल विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित सोही अनुसार प्रविधिको क्षेत्रमा लगानी गरेर अगाडि बढेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । तेसी अनुसार कलेजले कक्षा ११ र १२ का विज्ञान संकायमा अध्ययरत विद्यार्थीहरुले एक हप्ताको ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन र कार्यशाला’ दिएको छ । उक्त कार्यशाला सकिएपछि विद्यार्थीहरुले रिमोर्ट कन्ट्रोल प्लेन बनाएका छन् । उनीहरुले पाँच सय मिटर उचाइसम्म उडनसक्ने रिमोर्ट कन्ट्रोल प्लेन बनाएर आइतबार प्रर्दशन गरेका हुन् । शिक्षादीपका विद्यार्थीहरुले बनाएको रिर्मोटबाट उड्ने प्लेनसहित रकेट, रोबर्ट र स्याटेलाईट टेक्नोलोजी प्रर्दशनी कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भिम पराजुली, विराटनगरका महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारी र विभिन्न विद्यालयहरुबाट आएका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो । कार्यशालाबाट सिकेपछि शिक्षादीपका विद्यार्थीहरुले दुई किलोमिटरसम्म कन्ट्रोल गर्न सक्ने सिस्टमको प्लेन बनाएको रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ का सिइओ सुशिल देव भट्टराईले बताए । ‘यसअघि विद्यार्थीहरुले बेसिक कोर्ष रहेको थियो । अहिलेको एडभान्स खालको वर्कसप हो,’ भट्टराईले भने, ‘विद्यार्थीहरुले बनाएको प्लेन पाँच सय मिटर उचाइसम्म पुग्दछ ।’ विद्यार्थीले बनाएको प्लेन उडाएपछि सहभागि भएका मुख्यमन्त्री कार्की, मेयर, कोइराला, जनप्रतिनिधी, प्रध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दंग देखिन्थे । यसअघि शिक्षादीपका विद्यार्थीहरुले ५० मिटर उचाइसम्म उडने वाटर रकेट बनाएका थिए । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्यार्थीहरुले गरेको अविष्कारलाई राज्यले प्राथामिकतामा राखेको बताए । ‘नयाँ नयाँ कुराको इनोभेसनले देशलाई विकास र समृद्धी तर्फ अगाडी बढाउने हो,’ मुख्यमन्त्री कार्कीले भने । सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको उनले बताए । तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई थियो । उनले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संसाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको उनले बताए । विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पु¥याउन सकिने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । ‘मेडिकल र इन्जिनियरिङको क्षेत्रमा त धेरै अघिदेखि नै गरेकै छाँै, आईटीको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर कार्यशाला सञ्चालन गरी प्राविधिक ज्ञान विद्यार्थीहरूलाईजानकारी गराउँदै आएका छौं,’ प्रिन्सपल खड्काले भने । कलेजले हरेक महिनाजस्तो कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र व्यवस्थापन संकाय लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरूलाई कार्यशालामा सहभागी गराउने गरेको छ । कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए । कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले सूचना प्रविधिमा राम्रो भविष्य रहेकोले कम्प्युटिङ टेक्नोलोजीको दायरा फराकिलो बनाउदै लगेको बताए ।
चार विद्यार्थी र दुई जना शिक्षक सम्मानित शिक्षादीपक कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ११ को वािर्षक परीक्षामा विज्ञान संकायतर्फ छात्रा प्रथम हुने रचिता दंगाल र छात्रतर्फ प्रथम हुने रुसन दाहाललाई सम्मान गरिएको छ । त्यसैगरी कक्षा ११ को व्यवस्थापन संकायतर्फ प्रथम हुने छात्रातर्फ नेन्सी राजवंशी र छात्रतर्फ प्रथम हुने रोशनकुमार महत्तोलाई सम्मान गरिएको छ । कलेजले दुई जना कर्मचारीलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा दीपा बस्नेत केसी र दयाराम रिमाल रहेका छन् । त्यस्तै राजेन्द्र प्रसाद यादव र सौगात भट्टराई शिक्षकलाई कलेजले सम्मान गरेको छ । सम्मानित भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कदर पत्र दिएर सम्मान गरेका थिए ।
विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...
काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो । बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले...
विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको हिउँदे अधिवेशन अचानक अन्त्य गर्ने सरकारको निर्णयको आलोचना गरेको छ। अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्पराविपरीत’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको...
विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको...
काठमाडाैं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले फुट्नै लागेका पार्टीलाई कानुनले नरोक्ने बताएका छन् । बुधबार बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीहरू कानुन हेरेर फुट्ने नभई मन नमिल्दा फुट्ने बताएका हुन्...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...