विराटनगरमा दुर्घटना, एक जना महिलाको मृत्यु

 न्यूज विराट
विराटनगरमा दुर्घटना, एक जना महिलाको मृत्यु

विराटनगर । विराटनगर–१० सोमबारे चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ । दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर लम्सालले बताए । दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त बनेका छन् ।

सम्बन्धित समाचार

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध...

देशभर २४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

काठमाडौं, ३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस...

विराटनगरमा रानी मिनी महोत्सव सुरू, पहिलो दिन स्थानीय कलाकारको दमदार प्रस्तुती

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्