साहित्य क्षेत्रमा प्रदान गर्ने तीन पुरस्कार स्थापना

 न्यूज विराट
साहित्य क्षेत्रमा प्रदान गर्ने तीन पुरस्कार स्थापना

विराटनगर । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य– पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि ११ लाख ११ हजार १ सय मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव– नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि ११ लाख ११ हजार १ सय र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५ लाख रहेको छ ।

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा सारगर्भित मन्तब्य राखे । उनले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताए । त्यस्तै संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गरे ।

कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभयो । विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरे ।

अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेल लगायतलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल ’ नवशिलाझ लगायतका मुक्तककारहरूले आ– आफ्ना मुक्तकहरू वाचन गरेका थिए । आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राखे ।

सम्बन्धित समाचार

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका– ४ थुमीमा बुहारीको कुटाइबाट स्थानीय ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली बराम र उनकी...

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौँ, २८ असोज-नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...

तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्