प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

 न्यूज विराट
प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।
१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय विजय भएका छन् ।
विराटनगरको जुटमिलको खेलमैदान र डिएसपी स्कुलको खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन विराटनगरका अपूर्ण, ग्यालेक्सी, सिद्धार्थ, बुढानिकलकण्ड, अरनीको, डिएभी, डिपिएस, स्टार, गोदावरी, बिकेभिएम, एजेलिया र मोडर्न एरा स्कुल विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले एममीडि स्कुललाई ०–५ गोलले पराजित गर्यो । सोही दिन भएको दोस्रो खेलमा विराट शिक्षा निकेशनलाई ग्यालेक्सी स्कुलले ०–३ गोलले हरायो ।
सिद्धार्थले ०–३ गोलले पूर्वाञ्चललाई पराजित गर्यो । बुढानिकलण्डले एभरेष्ट स्कुललाई ५–३ गोलले निराश बनायो । अरनीकोले ३–० गोलले ग्रेडेड स्कुलाई हरायो । डिएभीले पोलस्टारलाई ४-३ गोलले पराजित गर्यो । मोर्डन एराले १–० गोलले कान्तिपुरला स्कुललाई हरायो । बिकेभिएमले सनसाइन स्कुललाई १–० पराजित गर्यो । डिपिएसले जेम्स स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । एजेलियाले गौतम बुद्ध स्कुललाई १–० गोलले पराजित गर्यो । स्टार स्कुलले ग्रिनल्याण्डलाई १ –० गोलले हरायो । गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ४–३ गोलले निराश बनायो ।
बुधबार चार खेल हुने प्रतियोगिताको संयोजक दिनेश ढुङगना जानकारी दिए ।
माघ १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गएराति १ समूहले कुटपिट गरेको छ । सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतका अनुसार कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते भएका छन् । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र...

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

आज प्रदेश १ र बागमतीमा भारी वर्षा हुने, अरु कुन-कुन ठाउँमा पर्दै छ पानी ?

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी...

नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकार...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्