१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

 न्यूज विराट
१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।
गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी समेत थप गरेर यो वर्षदेखि खेलकुदमा छात्राहरुको सहभागीता बढाइने भएको हो ।
हिसान स्पोर्ट मीट अन्तर्गत महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर दिइएको जानकारी अनुसार मोरङ जिल्लाका संस्थागत विद्यालय र कलेजमा ११ र १२ कक्षा अध्ययनरत ३० हजार विद्यार्थीबाट खेलाडीहरु छनौट गरेर सहभागी गराईने छ ।
अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा मेन अफ द म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी ुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा म्यान÷वोमन अफ द म्याच दिने योजना रहेको छ । क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा बेस्ट बलर, ब्याट्स म्यानसहित १२ वटा म्याद अफ त म्याच समेत दिइनेछ ।
खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाक्ष्ए ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ । खेल अवधीभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ । स्रोत सुनिश्चितताको लागि संस्थागत तथा कलेजहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष ढकालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...

कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट

बुटवल, १ जेठ-कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश ५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू...

तेस्रो प्रयासमा गणेश उप्रेती प्रदेश संसद बन्न सफल

विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...

प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने

नेकपा आधिकारिक रूपमा विभाजन नभइसकेको भन्दै प्रदेश १ कांग्रेसको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबारे कुनै निर्णय गर्न सकेन । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएर प्रक्रियामा गएपछि मात्रै...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्