फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित

 न्यूज विराट
फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
श्रेष्ठको अध्यक्षमा १० जनाको नयाँ कार्यसमिति चयन भएको छ । यसअघि श्रेष्ठ दुई कार्यकाल फोनिज मोरङका सचिव भइसकेका छन् ।

त्यसैगरी उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सह– सचिवमा संगिता चाम्लिङ राई र राजेश राजवंशी तथा कोषाध्यक्षमा सुरञ्जन लिम्बू रहेका छन् । त्यसैगरी सदस्यहरुमा देवराज तामाङ, उषा सरदार, तृष्णा कुलुङ राई र संजय राजवंशी चयन भएका छन् । फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् ।
जिल्ला सम्मेलनको उदघाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्वापोले मर्यादित , निष्कर्ष भएर संचार माध्यमले समचार लेख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा फोनिज संघिय अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई ,फोनिज संघिय समिति सदस्य सुजता लिम्बू, फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, सल्लाहकार फिपराज वेघा, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरला, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस सेन्टर नेपाल पुर्वि मोरङका अध्यक्ष सरोज बस्नेत, समाजवादी प्रेस संगठन नेपाल मोरङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेशका सचिब धुब्र भट्टराई, प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश यादब, नपाल पत्रकार महासंघ मारङका निवर्तमान कार्यभावक अध्यक्ष मोहन भट्टराई लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा फोनिजको केन्द्रीय सदस्य सुजता लिम्बुलाई सम्मान गरिएको थियो । पहिचानको आन्दोलनमा समाचारको माध्यमबाट विशेष भुमिका खेलेको भन्दै लिम्बुलाई सम्मान गरिएको हो । उनलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।

सोही अवसरमा पथरी शचिश्चरे भित्रका पर्यटन विकास सम्बन्धी सञ्चारकर्मीको भुमिका विषयमा अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । उक्त विषयमा फिपराज वेघाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु जातिको सास्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो ।
फोनिज मोरङका नवनिर्वाचित अध्यक्ष अनिल श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , श्रमजीवी पत्रकारहरुको हकहित , फोनिजकर्मिको वृति विकासमा सधैभरि दृढतापुर्बक उभिने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...

विराटनगरमा छठको रौनक, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

विराटनगर । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो । अब लकडाउन लम्बिए के गर्ने ?...

२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।...

निर्माण व्यवसायीको बैंकमा साढे ३ खर्ब ऋण, किस्ता तिर्न नसकेको गुनासो

काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्