नाबुन इटहरीमा नयाँ नेतृत्व, अध्यक्षमा पुजा भट्टराई
शुक्रबार, २६ पुष, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराई अध्यक्षता निर्विरोध निर्वाचित भएकी हुन् ।
उनको अध्यक्षमा १५ सदस्यीय नगर कमिटी रहेको छ । उपाध्यक्षमा समीक्षा लिम्वु, सचिवमा निशा पौडेल, सहसचिवमा चन्द्रा थापा, कोषाध्यक्षमा जिना श्रेष्ठ, सदस्यहरुमा कल्पना पौडेल, संगीता श्रेष्ठ, एलिना डाँगी, प्रतिभा पौडेल, विनिता राई, मीना थापा, स्मृति चौलागाई, कल्पना सापकोटा र सम्झना थापा आचार्य रहेकी छिन् । रजिना तिम्सीनालाई सल्लाहकारमा मनोनित गरिएको छ ।
कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुनसरी संयोजक हरी राई, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, आर्थिक सचिव अमिता पोख्रेल, नाबुन विराटनगर महानगर अध्यक्ष भलि सुब्बा, महानगर सदस्य अनुपमा पोदार लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...
काठमाडौं, १२ वैशाख-सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले...
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...
विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...
विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् ।मन्त्री...
विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...
विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...
सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...