ऋषिकेशको स्वकीय सचिव पोखरेलको ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा पुग्यो, मोरङ प्रहरीले थाल्यो अनुसन्धान
आइतबार, २१ पुष, २०८१,
न्यूज विराट
विराटनगर – ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेल विरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन फैसाला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडी बढेको हो । उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आइतबार दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए । प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडी बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ ,’ डिएसपी जोशीले भने, ‘घटना विषयमा अनुसन्धान सुरु भएको छ । हामीले पीडित सँग पनि कुरा भएको छ । ’ आइतबार उच्च अदालत विराटनगरले पनि जिल्ला प्रहरी कार्यालयलाई फैसालको जानकारी गराएको छ । चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो । ‘उपरोक्त विषयमा निवेदक बौआलाल चौधरी विपक्षी तहाँ कार्यालय समेत परमादेश रिट निवेदनमा मिति २०८१÷०५÷३१ मा भएको फैसलाको प्रमाणित प्रतिलिपि यसै पत्र साथ पठाइएको छ । अत्त ः आदेशानुसार गर्नुहुन अनुरोध छ ,’ अदालतले पठाएको पत्रमा उल्लेख छ ।
नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पुर्व स्वकीय सचिव समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । वरिष्ठ कृषी प्रसाद अधिकृतबाट अवकास प्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसाँ लिएका थिए । सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि छोरीको नाम नस्किेपछि पैसाँ फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन । बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन् । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणिकरण भएको छ । प्रमाणिकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
विराटनगर । इलाका प्रहरी कार्यालय नेमुवा प्रहरीले २९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङको बुढिगंगा गाउँपालिका ३ मुडेरी रमाईलो टोलबाट इप्रका नेमुवाका प्रमुख सही भुवन श्रेष्ठको कमान्डमा खटिएको प्रहरीले गाजासहित दुई जनालाई...
विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक...
विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...
विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...
चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...
नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्याएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् । नेम्वाङले पार्टीभित्र...
ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो । पावर प्लेमै दुई विकेट गुमाउँदा...