प्याब्सन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत निर्वाचित

 न्यूज विराट
प्याब्सन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत निर्वाचित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार राति सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट १ सय १० मत प्राप्त गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मतान्तरले पराजित गर्दै बस्नेत प्याब्सनको जिल्ला नेतृत्वमा पुगेका छन् ।

अन्तिम मतपरिणाम अनुसार सुुवेदीले ९३ मत ल्याए । बस्नेत र सुवेदी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । सात जनाको पदाधिकारीमा बस्नेत समूहबाट अध्यक्षसहित तीन जना र सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षसहित चार जना निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । १ सय ६ मत प्राप्त गर्दै बुढाथोकी वरिष्ठ उपाध्यक्ष निर्वाचित भइरहँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कँडेलले ९६ मत ल्याएका थिए ।
बुढाथोकी भने अध्यक्षमा पराजित भएका सुवेदीको प्यानलबाट उम्मेदवार बनेका थिए । उपाध्यक्षमा विष्णु डंगोल निर्वाचित भएका छन् । बस्नेत प्यानलका डंगोलले १ सय ४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी भूपाल बस्नेतले ९९ मत ल्याए ।
सचिवमा सुवेदी प्यानलका देवी सिटौला निर्वाचित भएका छन् । उनले १ सय ६ मत ल्याउँदा प्रतिस्पर्धी बस्नेत प्यानलका विकर्ण कार्कीले ९७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मणिराज भट्टराई निर्वाचित भएका छन् । प्रतिस्पर्धी नगेन्द्रप्रसाद ढकाल (विवेक)सँग बराबरी १०१–१०१ मत ल्याएपछि गोलाप्रथाबाट भट्टराई विजयी भएका हुन् । गोलाप्रथाबाट विजय भएका भट्टराई बस्नेत समूहका हुन् ।
सह–सचिवमा सुवेदी प्यानलका दीपेन्द्र राई (दिपेन) निर्वाचित भएका छन् । राईले १ सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बस्नेत प्यानलका मनोज रेग्मीले ९२ ल्याए ।

सह–कोषाध्यक्षमा केदार पौडेल १ सय २२ मतका साथ निर्वाचित भएका छन् । पौडेल सुवेदी प्यानलका उम्मेदवार थिए । उनका प्रतिस्पर्धी बस्नेत प्यानलका जितेन्द्रकुमार दासले ८० मत मात्रै ल्याए ।

प्याब्सन मोरङको सदस्यमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित भएका छन् । सुवेदी प्यानलबाट नन्दलाल, इन्द्रकुमार, हिराबहादुर र तिलक उम्मेदवार बनेका थिए । प्याब्सनको जिल्ला अध्यक्षमा सुवेदी पराजित भए पनि कार्यसमितिमा उनको प्यानलको स्पष्ट बहुमत छ ।

सम्बन्धित समाचार

प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...

सप्तरीका १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २–सुनसरीस्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए...

देउवाले उठाए सीमासम्बन्धी मुद्दा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई...

काठमाडौंमा रोकिएका बेलायती लिन विमान आउँदै

काठमाडौं, ५ वैशाख-लकडाउनका कारण रोकिएका नेपालमा राेकिएका बेलायती नागरिक लिन टिटान एयरको विमान आज काठमाडौं आउँदै छ । बेलायती राजदूतावासले विमान चार्टर गरेर राेकिएका नागरिक पठाउन लागेको हो । टिटान एयरको जहाज दुबईबाट काठमाडौं आउन...

भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्