विराटनगर । तुम लोसार २०१८ को अवसर पारेर विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको आयोजनामा विराटनगरमा शनिबार विहान उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
दौड प्रतियोगिताको पुरुषतर्फको प्रथम सुनसरीको दहबी घर भएका अशोक कुमार मण्डल, द्धितीय विराटनगर ६ का नितेश भट्टराई र तृतीय कटहरी बसन्त माझी घोषित भए । त्यसैगरी महिला तर्फको प्रथम आशिका ठाकुर, द्धितीय अनमिका चौधरी र तृतीय कमला चौधरी भइन् । महिलातर्फको सान्तवना कोहिनुर तामाङ्ग घोषित भइन् ।
त्यसैगरी ४० वर्ष माथिको दौडको प्रथम राजेश गुरुङ भने ४५ वर्षभन्दा माथि उमेर समूहको प्रथम रामकुमार सरदार र ५० वर्ष भन्दा माथिको प्रथम विद्यानन्द माझी घोषित भए । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश : ३ हजार १ सय, २ हजार १ सय र १ हाजरा पाँच सय रुपैयाँ पाउनेछन् । उक्त पुरस्कार वितरण पुस १५ गते विराटनगर ७ हाटखोलास्थित हरियाली पार्कमा हुने कार्यक्रममा गरिने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको सचिब राजेश गुरुङले बताए । प्रतियोगितामा १५० भन्दा बढीले भाग लिएका थिए भने कार्यक्रममा पाँच सय बढीको सहभागिता रहेको थियो । दौड प्रतियोगिताको प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारयण थापा रहेका थिए । उनले कार्यक्रममा यस्ता कार्यक्रमले समाजमा सदभाव कायम गर्न ठूलो मध्धत पुग्ने बताए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको अध्यक्ष कबिमान गुरुङको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । तुम लोसार २०१८ को अवसर पारेर आइतबार साझमा विराटनगरस्थित जनआन्दोलन चोकमा दिप प्रज्जवलन कार्यक्रम रहेको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइको प्रचार विभाग प्रमुख भली सुब्बाले जानकारी दिइन् । परिषदले तुम लोसारको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उनले बताइन् । औपचारिक कार्यक्रम आयोजना गरी पुस १५ गते समापन हुने प्रचार विभाग प्रमुख सुब्बाले बताइन् ।
विराटनगर । विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सगरमाथा प्लस टु परिसर भित्र आइतबार विहान भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई...
काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...
गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले भने, 'यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ...
विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो...
अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...
विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् । बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा...
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...