मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

 न्यूज विराट
मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ ।

उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै मोर्डन एरा स्कुल विजयी भएको हो । निर्धारितसयमसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । प्रतियोगिताको प्लेर अफ द म्याच पानस तामाङ्ग घोषित भए ।

मंगलबार तीन खेल हुनेछ । पहिलो खेल रेड स्टर पथरी र विराटनगरको कान्तिपुर कलेज बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल सुन्दरहरैचाको ब्राइटफियूचर विराटनगरको अर्किड स्कुलबीच हुनेछ भने तेस्रो खेल आर्दश स्कुल र सगरमाथा स्कुलबिच प्रतिस्पर्धा हुनेछ । मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरीको १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।

प्रतियोगितामा प्रथम हुने बिजयी टिमले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र हासिल गर्ने छन् । यसअघि २०७९ सालमा फार्क कल्बको स्थापना गरिएपछि पहिलोपटक विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै २०८० सालमा विभिन्न विद्यालयका एकसय बढी विद्यार्थीलाई सहभागी गराएर क्लबले पहिलो अन्तर विद्यालय टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको आयोजक क्लबले जनाएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च हुने बताईएको छ ।

सम्बन्धित समाचार

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...

माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य...

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

विराटनगरको सेन्ट्रल मलमा दशैँ उत्सव, हरेक सामानको खरिदमा छुट योजना

विराटनगर । विराटनगरको मेनरोडस्थित सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल बजारले दसैँ–तिहार तथा छठ चाडपर्वमा विशेष आकर्षण छुट तथा उपहार योजना सुरु भएको छ । आफ्नो जुनकुनै मार्केटबाट खाद्यान्नसहित लत्ताकपडा तथा गार्मेट सामग्री, विद्युतीय सामग्रीहरुको खरिदमा...

२५ वैशाखपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने

काठमाडौं, २१ वैशाख-सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । ‘२५ सम्म लकडाउन छ । यो अवधिमा विद्यार्थीको...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्