विनायक स्काउट ट्रुपको दीक्षान्त

 न्यूज विराट
विनायक स्काउट ट्रुपको दीक्षान्त

विराटनगर / विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ ।

शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो ।

उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्व तदर्थ समितिका संयोजक चन्दन कौशिक, स्कुलका प्रिन्सिपल मिथलेश ठाकुर, विराटनगर– १२ का वडाध्यक्ष सुर्यलाल यादव, पूवाञ्चल स्कुलका स्काउटका संयोजक अर्जुन श्रेष्ठलगायतले स्काउट ब्याच र स्कार्फ वितरण गरे ।

पछिल्लो समयमा समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुदै गएकाले स्काउट साथै  खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन विनायक स्कुलले खेलेको भूमिका प्रिन्सिपल ठाकुरले बताए ।

विनायक स्काउट ट्रुपका सदस्य सचिव प्रदिपकुमार विश्वासले प्रतिज्ञा ग्रणह गराए । स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाज प्रति जिम्मेवार बनाउन विगत एक दशक भन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको साथै शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रही आत्मारक्षा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउने स्कुलका प्रिन्सिपल ठाकुरले बताए ।

सम्बन्धित समाचार

राजवंशी सामुदायले मनाए जितिया उत्सव (फोटो फिचर)

विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथि...

व्यापारी सुलभ अग्रवालविरुद्ध १० वर्ष कैद माग्दै प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, १४ वैशाख-कालो बजारी गरेको आरोपमा शंकर समूहका सञ्चालक सुलभ अग्रवालविरुद्ध अनुसन्धान सकिएको प्रहरीले जनाएको छ ।अग्रवाललाई कालो बजारी, कृत्रिम अभाव सिर्जना गरेको, नाफाखोरीसहितका ३ वटा बेग्लाबेग्लै अभियोगमा कुल १० वर्ष कैद र १५ लाख...

जसपाको आधिकारिकता विवाद आज टुंगिदै

काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...

रुसले फेरी बनायो कोरोनाको अर्को खोप

मस्को, ७ भदौ–रुसले कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको छ । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको छ । यो खोपको नाम एपिभ्याककोरोना राखिएको छ...

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए...

झापाकाे अर्जुनधारा ५ दिनका लागि लकडाउन

झापा, १८ साउन-झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने...

प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै

जनकपुर, १८ वैशाख-मिथिला बमकाण्डमा मारिएका शहिदको स्मरणमा जनकपुरसहित प्रदेश–२ को विभिन्न स्थानमा आज बलिदानी दिवस मनाइँदै छ । बलिदानी दिवसको अवसरमा मिथिला राज्य स्थापनाको माग गरिएको छ । मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५...

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक-बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्