कुरुवाको एक लाख लुटपाट गर्नेलाई समात्न हिडेको प्रहरीले ठगी गर्ने गिरोह समातेपछ….
सोमबार, १७ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभा पाचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङ, झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सन्जय शर्मा रहेका छन् । पक्राउ परेका आरोपितहरुलाई मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । उनीहरुको समूहले पूर्वका विभिन्न जिल्लामा नक्कली सुनका टिल (बिस्कुट) बोकेर सर्वसाधारणसँग चिनजान गर्ने र त्यसपछि आफन्त भएर नजिकीदै ठगी गर्ने गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नारयण चिमरियाले बताए । ‘आफन्त भएपछि उनीहरुको असजिलो बुझेर नक्कली सुन देखाउने, पैसा भएको थाहा पाए झुक्याएर चोरी गरेर फरार हुने गरेको खुलेको छ,’ उनले भने, ‘होटलमा बस्दा समेत उनीहरुले आफ्नो पहिचान बदल्ने र बारम्बार होटल परिवर्तन गर्ने गरेको पाइएको छ ।’
उनीहरुले विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने गरेको प्रहरीले जनाएको छ ।
अस्पतालबाट १ लाख लुटेपछि यसरी पक्राउ परे गिरोह विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आएका संखुवासभाको पाचखापन गाउँपालिका ५ का ५६ वर्षीय कृष्ण बहादुर तामाङको २७ कार्तिकमा १ लाख १० हजार रुपैयाँ चोरी गरी पक्राउ परेका गिरोहका समूह फरार भए । पक्राउ परेका मध्ये पीडित तामाङ्गसँग अकोश तामाङ्गले आफन्भ भन्दै चिनजान गरेका थिए । पछि उनले रकम चोरेर फरार भए । आफन्त भएको नाता लगाएर उनीहरुले रकम लुटेपछि कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरेर मोरङ प्रहरीले ठगीमा संलग्न तामाङलाई पक्राउ गर्यो । त्यसपछि सर्वसाधरणलाई ठगी गर्दै फरार हुने गिरोहको संजाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । राम्रा पोशाकमा सजिएका उनीहरुले पछिल्लो समय विराट टिचिङमा घटाएको घटना सिसी टिभी फुटेजका आधारमा प्राविधिक विश्लेषण गरेर पत्ता लगाइएको थियो । उनीहरुको गिरोहलाई प्रहरीले अशोक तामाङ लुटपाट गिरोहको रुपमा खोजतलास गरेको थियो । सुनसरीको इटहरीमा रहेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी उपरीक्षक चिमरियाका अनुसार उनीहरुको अपराध कार्यविधी समेत फरक देखिएको छ । बुद्धबुद्धासँग नजिक हुने र उनीहरुले लगाएको गहना तथा पैसा चोर्ने मात्रै नभई नक्कली सुन जस्तो वस्तु देखाएर नगद समेत मागि फरार हुने गरेको देखिएको हो । पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप भएर अनुसन्धान सुरु गरिएको छ ।
काठमाडौं, ६ जेठ-कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा रहेका छन् । सोमबारसम्ममा ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ९ जना सुरक्षाकर्मीमा कोरोना...
काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...
काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...
काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...
विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...
विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने...
[caption id="attachment_47474" align="alignnone" width="960"] तालिममा सहभागि कानेपोखरी गाउंपालिकाभरीका शिक्षक कर्मचारीहरु । तस्विरः रामकुमारी ।[/caption] रामकुमारी राई कानेपोखरी, ३२ जेठ । कानेपोखरी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका विद्यालयका शिक्षक÷कर्मचारीका लागि विद्यालयको प्रोफाइल तयार एवं तथ्यांक राख्न प्राविधिक...
विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...